Sunday 21st September 2025

गोबिन्द राज ओझा(राजन)को गीति कविताः तिमी सँगको मेरो माया…


तिमी सँगको मेरो माया दिलमा बस्छ होला
मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला
तिमी सँग परिचय भएपछि कुराकानि भयो
कुरा कानि गर्दा गर्दै मन मुटु जोडियो

समाज , घरपरिवार आफन्तलाई बोलाई
बिहे गरी लैजान्छु तिमिलाई बाजा बजाई
भावनाहरू मिले मन मिल्यो सोच एउटै भयो
मन भित्र हराएका धेरै कुरा खोजि भयो

हिजो सम्म बोल्न पनि अप्ठयारो लागेको थियो
सधै सम्झना राख्दा राख्दै आजको दिन आयो
मायालु सँग बसेर कुराकानी गरौला
मन मुटु सबै सम्पिएर लेनदेनको कुरा गरौला

किन हतारिन्छौ समय अझै निकाल्ने कुरा हो
तिमीलाई बेहुलि बनाएर लैजाने भोलि मात्र हो
तिमी सँगको मेरो माया दिलमा बस्छ होला
मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला ।।।।


सम्बन्धित शीर्षकहरु

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

प्रतिकृयाहरू
...