Monday 23rd March 2026

गोबिन्द राज ओझा(राजन)को गीति कविताः तिमी सँगको मेरो माया…


तिमी सँगको मेरो माया दिलमा बस्छ होला
मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला
तिमी सँग परिचय भएपछि कुराकानि भयो
कुरा कानि गर्दा गर्दै मन मुटु जोडियो

समाज , घरपरिवार आफन्तलाई बोलाई
बिहे गरी लैजान्छु तिमिलाई बाजा बजाई
भावनाहरू मिले मन मिल्यो सोच एउटै भयो
मन भित्र हराएका धेरै कुरा खोजि भयो

हिजो सम्म बोल्न पनि अप्ठयारो लागेको थियो
सधै सम्झना राख्दा राख्दै आजको दिन आयो
मायालु सँग बसेर कुराकानी गरौला
मन मुटु सबै सम्पिएर लेनदेनको कुरा गरौला

किन हतारिन्छौ समय अझै निकाल्ने कुरा हो
तिमीलाई बेहुलि बनाएर लैजाने भोलि मात्र हो
तिमी सँगको मेरो माया दिलमा बस्छ होला
मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला ।।।।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...