Tuesday 17th June 2025

नेपाल र कतारबीच विभिन्न सम्झाैता र समझदारीपत्रमा हस्ताक्षर


नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर गरिएको हो ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । कतारका अमिर थानी आजै प्रधानमन्त्री दाहालले आयोजना गरेको दिवा भोजमा सहभागी भएपछि स्वदेश फर्किएका छन्


सम्बन्धित शीर्षकहरु

असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म…

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको…

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक…

प्रतिकृयाहरू
...