Thursday 15th January 2026

बालाजु बाइसधारा मेला सुरु


स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा ९ल्हुति पुन्हि० मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताए। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...