Tuesday 29th September 2026

रूसी सेनामा मारिएकाहरूको क्षतिपूर्ति माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन, १२ जना पक्राउ


रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् । उनीहरूले रुसी सेनामा रहेर मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न, घाइतेहरूलाई उपचार गर्न, बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

अभियानकी संयोजक कृतु भण्डारीसहित १२ जना पक्राउ परेका हुना्। पक्राउ परेकाहरूमा भण्डारीका अलावा राजकुमारी मगर (कास्की), सिरानी घर्ती (रुकुम), सुबिता मगर (रुकुम), चिनीमाया तामाङ (नुवाकोट), मैयाँ साइँली (उदयपुर), किसन थापा (सुर्खेत), सञ्जय श्रेष्ठ (काठमाडौं), टेक बटाला (अछाम), अपिल घिसिङ (तेह्रथुम), बुद्धिमाया ब्रामु (ललितपुर) र आठ वर्षीय विज्ञान ब्रामु छन् ।

उनीहरू विभिन्न १३ वटा मागहरू राखेर प्रदर्शनमा उत्रिएका थिए ।

१. रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर।
२. करार सम्झौता रद्द गरी उद्दारको पर्खाईमा रहेका नागरिकहरुलाई पुनः युद्ध मैदानमा लगिएकाले उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने व्यवस्था गर ।
३. युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था गर ।
४. युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गर । ५. मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधा नेपाल ल्याउने व्यवस्था गर ।
६. वेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन गर ।
७. रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर ।
८. प्रलोभनमा पारि रुस पठाउने र नेपाल ल्याईदिन्छु भनि पैसा उठाउने बिचौलियाको पहिचान गरी कारवाही गर ।
५. रुसी सेनामा कार्यरत रहँदा पाउने तलब, भत्ता, सुविधा सहित घाइतेले प्राप्त गर्ने क्षतिपुर्ति नेपालबाटै पाउने व्यवस्था गर ।
१०. पीडित परिवारको उद्दार, राहत र पुनस्र्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर ।
११. विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर।
१२. रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाह गर ।
१३. कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालले आफ्‌ना नागरिकलाई सैन्य सम्झौता विना सैन्य सेवामा भर्ती नगर्न पहल गर ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...