Tuesday 16th December 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः लिपुलेक, कालापानी, लिम्पियाधुरा…


लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ
यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ 
लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै हो सबैले बुझ्नुपर्छ
हामीले नेपाल आमाको आशु पुछ्न सक्नुपर्छ
 
 
देशका, सबै जाग उठ देशको सिमाना रक्षा गर्नु छ
देशको माया मेरो मुटुमा छ मनमा छ मस्तिष्कमा छ
सधैँ भरि यो मन मुटुमा देशको माया छ
म यो देशको नागरिक हु मलाई नेपालको माया छ
 
वीर पुर्खाका छोरा हौ देश जोगाउनु छ
म जन्मेको , हुर्केको यो माटोको सुगन्ध मनमा छ
मेरो मनमा पनि देशको लागि माया छ
देशको माया हामी सबैको दिलमा हुनुपर्छ

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ
यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...