Thursday 14th May 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः लिपुलेक, कालापानी, लिम्पियाधुरा…


लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ
यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ 
लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै हो सबैले बुझ्नुपर्छ
हामीले नेपाल आमाको आशु पुछ्न सक्नुपर्छ
 
 
देशका, सबै जाग उठ देशको सिमाना रक्षा गर्नु छ
देशको माया मेरो मुटुमा छ मनमा छ मस्तिष्कमा छ
सधैँ भरि यो मन मुटुमा देशको माया छ
म यो देशको नागरिक हु मलाई नेपालको माया छ
 
वीर पुर्खाका छोरा हौ देश जोगाउनु छ
म जन्मेको , हुर्केको यो माटोको सुगन्ध मनमा छ
मेरो मनमा पनि देशको लागि माया छ
देशको माया हामी सबैको दिलमा हुनुपर्छ

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ
यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...