Friday 7th August 2026

भियतनाममा बैंक ठगी मुद्दामा महिलालाइ मृत्यदण्डको फैसला


भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति महिलाले अर्बाैं ठगी गरेको मुद्दामा सो फैसला सुनाइएको हो । भियतनाममा बैंकिङ कसुरमा महिलालाइ मृत्युदण्डको सजायँ सुनाइएको यो पहिलो पटक हो ।

ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क (एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्।

घर जग्गा कारोबारी रहेकी चर्चित महिला व्यापारी लानलाइ अदालतले २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । ८५ जनालाइ प्रतिवादी बनाइएको र १४ जनालाइ मृत्युदण्डको दावी गरिएको उकत अभियोजनमा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...