“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चाैहत्तराैमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/१२/२२गते
प्रशिक्षक :
———–
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
—————–
सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
प्रवर्तक तथा समायोजक
—————–
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग (चित्रमा) ०१
नेपालीको दु:ख सहने बानी भयो
नेताकै कारणले आज हानी भयो
थाप्लोबाट नाम्लो र ढाकर हटेन
जति भनेपनि नसुन्ने कानी भयो
पसिनाको मोल हेरत पानी भयो ।
✍️सन्ध्या गौतम, काठमाडौं ।
पञ्चाङ्ग ०२
कर्म जति गरेपनि दु:ख टर्दैन हाम्रो
दुखलाई नै कसैले पनि हर्दैन हाम्रो
हाम्रो बानी परिसक्यो कमारो बन्ने
थाप्लोको भारी कहिले पनि सर्दैन हाम्रो
पाथि भर्छु भनेपनि मानो भर्दैन हाम्रो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” चितवन।
पञ्चाङ्ग ०३
खुसीसँग घाँस दाउरा बोक्दै हिँड्ने हामी
भुटेका मकै भटमास टोक्दै हिड्ने हामी
गणतन्त्र प्रजातन्त्र अलपत्र जनता
अशान्ति र अन्यायलाई रोक्दै हिँड्ने हामी
नेपाल शान्तिक्षेत्र भन्दै तोक्दै हिँड्ने हामी ॥
✍️गुणनिधि घिमिरे, अमेरिका।
पञ्चाङ्ग ०४
०१)
साहु गयो भएको घर बारी बोकेर
बाँचिरहेछु जलबिना झारी बोकेर
हाँसेर बाँच्ने मन मलाई पनि थियो
गलामा चाँदी नै चाँदीका हारी बोकेर
आज थिचिँदै छ पिठिउँ भारी बोकेर ।
०२)
पानीबिना ढुङ्गाले त माटो गल्दैन साथी हो
देखावटीले मात्रै जीवन चल्दैन साथी हो
कल्पनाको आकाशबाट यथार्थमा नझरी
बिहान अनि बेलुका चुलो जल्दैन साथी हो
खाली पेटमा सुनौलो दिन ढल्दैन साथी हो ।
✍️श्रीकृष्ण शर्मा
पोखरा–५, मालेपाटन ।
पञ्चाङ्ग ०५
घाँसको भारी बोकेर हिँडेका छौं
प्राणको बाजी ठोकेर हिँडेका छौं
घाम् पानी झरी बादल केही भनी
बाल् अधिकार घोकेर हिँडेका छौ
मकै भटमास् टोकेर हिँडेका छौं।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग ०६
जसोतसो भारी बोक्दै जिन्दगी चल्दैछ नि
मेहनतले अन्न,तरकारी फल्दैछ नि
दुःख गर्ने साहसी काममा रमाउँछन
नथाक्ने पाखुरी बलले माटो गल्दैछ नि
उकाली,ओरालोमा रम्दै दिन ढल्दै छ नि।
✍️शोभा आचार्य गौतम, काठमाडौँ ।
पञ्चाङ्ग ०७
रन वन घाँस काट्ने चेली हुँ म
बनै बसाउने फूल बेली हुँ म
घाँस दाउरा मेरो दिनचर्या हो
आमाबाका आँखाको परेली हुँ म
देशको प्यारी छोरी चमेली हुँ म ।
✍️धनमाया चौधरी, कैलाली ।
पञ्चाङ्ग ०८
भारी बोकेर पनि त जीवन चलाउनु छ
दुख सुख पाटो हुँदै एकता कलाउनु छ
प्राणी जीवन् चक्र सम्झेर नै चित्त बुझाउने
यो मानव नश्वर देह चाँडै गलाउनु छ
सबै प्राण धान्न खेतमा अन्न फलाउनु छ।
✍️ बेदु न्यौपाने🇳🇵
पञ्चाङ्ग ०९
मलाई दु:ख सहने बानी परेको छ
आफ्नै आफन्तले गर्दा हानी पारेको छ
कतिन्जेल थाप्लाेमा नाम्लो र डाेकाे बरै
पीडै पीडा जिन्दगीको कानी परेको छ
शरिरबाट पसिना पानी परेको छ ।
✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।
पञ्चाङ्ग १०
जति परिश्रम गर्दा पनि ~ दु:ख टरेन गरीबकाे
दु:खीकाे थाप्लाेबाट बाेझकाे भारी सरेन गरीबकाे
घाम पानीको प्रभाह नगरी प्राणकाे बाजि लगाई
रातदिन काम गरे पनि ~दाम परेन गरीबकाे
घाँस बिक्रीमा लाँदा उचित मूल्य गरेन गरीबकाे।
✍️राज कुमार राजभण्डारी खाेटाङ्गे,
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
पञ्चाङ्ग ११
नेपालीको अर्को नाम भारी बोक्ने मान्छे
मीठो अर्कैलाई बाॅडी ठेट्ना टोक्ने मान्छे
जति दु:ख गरे पनि हात लाग्यो सुन्य
दूध बेच्दै भट्टी पसी रक्सी धोक्ने मान्छे
दिनभरी ठीकै भनी राती खोक्ने मान्छे।
✍️घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग १२
घाँस काटी पहरामा भारी बनाउँछु
खनी खाेस्री हराभरा बारी बनाउँछु
किसानकी छाेरी म त खान्छु आटाेपिठााे
रगतका भल पाेखी टारी बनाउँछ
खाेला खाेल्सा बाँस राेपी घारी बनाउँछु।
✍️चन्द्रावती अधिकारी,कोहलपुर बाँके ।
पञ्चाङ्ग १३
भारी बोकेर व्यबहार चलेको छ हेर
परिश्रमले अन्न पात फलेको छ हेर
बोक्छौं घाँस घाम पानी केही नभनी ,
यही दैनिकीले माटो गलेकाे छ हेर
यसै गर्दै आफ्ना दिन ढलेको छ हेर ।
✍️दुर्गा भट्टराई, मोरङ
२०८०/१२/२२
पञ्चाङ्ग १४
हिउँदो सकियो वर्षा पनि लाग्यो अब
किसानको भोक तिर्खा सबै भाग्यो अब
मानो खाएर दु:ख गर्नु पर्ने हुनाले
मन भित्र काम गर्ने तृष्णा जाग्यो अब
खेतबारीले मल र जल माग्यो अब ।
✍️सीमा कार्की समर्पण , काठमाडौं ।
पञ्चाङ्ग १५
मेरो दु:ख कसैले टार्न सकेन
दु:ख दर्द छेकेर बार्न सकेन
प्रेमको गित अलापेर नहुने
दु:खको भारिलाई सार्न नहुने
दुखी भनेर यहाँ तार्न नहुने।
✍️राधे श्याम नगरकोटी ,भक्तपुर ।
पञ्चाङ्ग १६
मान्छे मात्रै थुप्रिएर भएन केही वस्तुभाउ पाल्नै पर्यो
पालेपछि भोकै त राख्नु भएन थलामा घाँस हाल्नै पर्यो
गुजारा त चलाउनै पर्यो जेनतेन गेरेरै भए पनि
कहिँ कतै फाटिहाले पनि जिन्दगी जसोतसो टाल्नै पर्यो
के गर्नु यो पापी पेट पाल्न चिसो चुल्होमा आगो बाल्नै पर्यो।
✍️पशपती राई, खोटाङ ।