Saturday 20th September 2025

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड


ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ।

पाथीभरा दर्शन गर्न बाह्रै महिना सकिने भएपनि मुख्यतया चैत, वैशाख र असोज, कार्तिक दुई सिजनमा दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ। ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

प्रतिकृयाहरू
...