Thursday 1st May 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः लाखौँ दुःख भए पनि…


लाखौँ दुःख भए पनि समाजको सेवा गर्छु
म फेरि जन्मेँ भने, नेपालमा मात्र जन्मन्छु 
देशप्रतिको सच्चा मायालाई मात्र देशभक्ति भन्न सकिन्छ
कर्म गरेर मात्र देशमा प्रगतिका कदम अगाडि बढाउन सकिन्छ
 
देशभक्तिलाई हृदयमा सजाएर राख्नुपर्छ
नेपाल आमालाई शुद्ध मनले नमन गर्नु पर्छ
यो मातृभूमिको लागि भए पनि जीवन जिउनु छ 
आफ्नो धर्म, देश, भाषाको सम्मान गर्नुपर्छ
 
मेरो देशमा मेरो पहिचान छ
हाम्रो मन देशमै रहन्छ
हाम्रो नेपाल अरू सबै भन्दा राम्रो छ 
देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षा गर्न सक्नुपर्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

इजरायलको अग्नि तथा उद्धार प्राधिकरणले बुधबार बिहान जुडियन पहाडमा ठूलो आगलागी भएको र यो जेरुसेलम क्षेत्रमा फैलिएको रिपोर्ट गरेको छ।…

“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा…

कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि…

प्रतिकृयाहरू
...