Sunday 7th September 2025

साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो इस्लामको ज्ञान


साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरू गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रयोग भएको रोवर्ट साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो ।

यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभव सोध्ने काम गर्ने छ ।

रोबोटमा ठूलो स्क्रिन टच एलसीडी जडान गरिएको छ, जसमार्फत ११ भाषामा आधुनिक इस्लामका बारेमा जानकारी दिइँने गरिएको छ । यसमार्फत सम्पूर्ण मस्जिदलाई एकै साथ कुनै पनि जानकारी दिन सकिन्छ।

गल्फ न्यूजका अनुसार यी रोबोटको माध्यमबाट मस्जिद पुग्ने व्यक्तिले इस्लामसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सक्छन्। यस मेसिन मार्फत धर्मगुरुहरूलाई पनि अनलाइन सम्पर्क गर्न सकिन्छ।

मस्जिदका धार्मिक मामिलाका अध्यक्ष अब्दुलरहमान अल सुदाइसले आधुनिक इस्लाम फैलाउन उन्नत प्रविधिको प्रयोगको महत्त्वमा जोड दिएका छन्।

मौलवीले भने, ‘भक्तहरूको अनुभव सुधार गर्न मस्जिदमा एआई प्रयोग भइरहेको छ। उदार इस्लामको सन्देश विश्वलाई धेरै भाषामा दिन सकोस् भनेर राजाले रमजान महिनामा यसको शुभारम्भ गरेका थिए ।’

मस्जिदमा जडान गरिएका रोबोटले अरबी, अङ्ग्रेजी, फ्रेन्च, रुसी, फारसी, टर्की, उर्दू, चाइनिज र बंगालीलगायत ११ भाषामा जानकारी दिइरहेको छ । यी भाषाहरूमा रोबोटसँग प्रत्यक्ष कुरा गर्न सकिन्छ। रोबोटमा २१ इन्चको टच स्क्रिन पनि छ।

साउदी अरबमा यस वर्ष मार्च ११ बाट रमजान महिना सुरु भएको हो । यस समयमा ठूलो संख्यामा मानिसहरू मक्का शहरमा अवस्थित ग्रान्ड मस्जिदमा प्रार्थना गर्न आउँछन्। मस्जिदका मौलवीले यो कुनै नौलो कुरा नभएको बताउँछन्, हरेक वर्ष रमजान महिनामा यस क्षेत्र र अन्य प्रदेशबाट हजारौं मानिस उम्रा र नमाज पढ्न आउने गर्छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...