Sunday 8th February 2026

साउदी अरबको मस्जिदमा रोबर्टले पढाउने थाल्यो इस्लामको ज्ञान


साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य सुरू गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)प्रयोग भएको रोवर्ट साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो ।

यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभव सोध्ने काम गर्ने छ ।

रोबोटमा ठूलो स्क्रिन टच एलसीडी जडान गरिएको छ, जसमार्फत ११ भाषामा आधुनिक इस्लामका बारेमा जानकारी दिइँने गरिएको छ । यसमार्फत सम्पूर्ण मस्जिदलाई एकै साथ कुनै पनि जानकारी दिन सकिन्छ।

गल्फ न्यूजका अनुसार यी रोबोटको माध्यमबाट मस्जिद पुग्ने व्यक्तिले इस्लामसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सक्छन्। यस मेसिन मार्फत धर्मगुरुहरूलाई पनि अनलाइन सम्पर्क गर्न सकिन्छ।

मस्जिदका धार्मिक मामिलाका अध्यक्ष अब्दुलरहमान अल सुदाइसले आधुनिक इस्लाम फैलाउन उन्नत प्रविधिको प्रयोगको महत्त्वमा जोड दिएका छन्।

मौलवीले भने, ‘भक्तहरूको अनुभव सुधार गर्न मस्जिदमा एआई प्रयोग भइरहेको छ। उदार इस्लामको सन्देश विश्वलाई धेरै भाषामा दिन सकोस् भनेर राजाले रमजान महिनामा यसको शुभारम्भ गरेका थिए ।’

मस्जिदमा जडान गरिएका रोबोटले अरबी, अङ्ग्रेजी, फ्रेन्च, रुसी, फारसी, टर्की, उर्दू, चाइनिज र बंगालीलगायत ११ भाषामा जानकारी दिइरहेको छ । यी भाषाहरूमा रोबोटसँग प्रत्यक्ष कुरा गर्न सकिन्छ। रोबोटमा २१ इन्चको टच स्क्रिन पनि छ।

साउदी अरबमा यस वर्ष मार्च ११ बाट रमजान महिना सुरु भएको हो । यस समयमा ठूलो संख्यामा मानिसहरू मक्का शहरमा अवस्थित ग्रान्ड मस्जिदमा प्रार्थना गर्न आउँछन्। मस्जिदका मौलवीले यो कुनै नौलो कुरा नभएको बताउँछन्, हरेक वर्ष रमजान महिनामा यस क्षेत्र र अन्य प्रदेशबाट हजारौं मानिस उम्रा र नमाज पढ्न आउने गर्छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...