Monday 27th July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः पवित्र भूमि…


पवित्र भूमि हो यो हृदयमा बसेको छ
वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ
सिता ,जनक , बुद्धको जन्मभूमि हो यो
देशको माया र सम्मान नै मेरो धर्म हो
 
प्यारो र सुन्दर देश नेपाललाई माया गर्छु
मेरो जन्मभूमिलाई मैले सधैँ ढोग्ने गर्छु
नेपाल माता तिमि नै मेरो सबै थोक हौ
अनेक भाषा, धर्म र संस्कृतिको साझा थलो हौ
 
घुमी घुमी रमाइरहेछु मैले यहाँ बस्नु छ
मेरो देशले सगरमाथालाई शिरमा बोकेको छ
पवित्र भूमि हो यो हृदयमा बसेको छ
वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...