Sunday 21st September 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः चन्द्रमाको रातलाई हेरे…


चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे
तिमिलाई के सुहाउँछ मनबाट सोचे
 
आकाश कि परी अत्यन्तै छौ सुन्दरी !
सुन्दर फूलको बगैँचामा सजाएर राखे जस्ती
तिम्रो मुहारको उज्यालो हेरी रहु लाग्छ
सेती ,कर्णालीको स्वच्छ पानी पिउन मन लाग्छ
 
यो दिलमा सजाएर राखौँ जस्तो लाग्छ
मिठा मिठा शब्दमा हराउन मन छ
तिम्रो बारेमा वर्णन गर्न शब्द खोज्नु छ
यो जीवनको साथी बनाई मन मुटुमा राख्नु छ
 
चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे
तिमिलाई के सुहाउँछ मनबाट सोचे ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

च्यातिएको पर्दाभित्र लुकेको नै बेकार भयो आज फेरि अर्कै पाटो च्यातिएर दिकदार भयो मरिजाने चोला हाम्रो काम क्रोध लोभ मोह…

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

प्रतिकृयाहरू
...