Wednesday 30th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः नेपाल मातालाई


नेपाल मातालाई संसारमा चिनाउनु छ 
नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ
मलाई मेरो देशको माटो प्यारो लाग्छ 
सबैले मिलीजुली देश बनाउनु छ  
 
विश्वमा शान्ति फिँजाउने बुद्ध भूमि हो यो
बचाई राख्छौँ शान यो,स्वतन्त्र हाम्रो निशानको
पुर्खाहरूले सत लजदेखि टिस्टासम्मको भूमि आर्जियाको
हामीले गौरव गर्छौ सधैँ नेपालीपनको
 
मेरो मनमा सुन्दर भूभाग बसेको छ
यी हातले सधैँ यो देशको नाम लेख्नु छ
नेपाल मातालाई संसारमा चिनाउनु छ
नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही…

रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...