Sunday 7th June 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमीलाई सधैँ सपनीमा…


तिमीलाई सधैँ सपनीमा देख्ने गर्थे
तिमीलाई हेर्न भनी यहाँ सम्म पुगे
तिम्रो आँखालाई माया गर्न थाले
त्यो मुस्कानलाई हेर्न खोजे
 
केही समय तिमि सँग बस्न समय माग्छु
जिन्दगीमा तिमिलाई मैले पाएको छु
अब के गर्ने सोच्दै छु
मनको भावनामा तिमिलाई राखेको छु
 
तिमीलाई हेर्दा मेरो मन पग्लिन्छ
हरेक दिन  तिमीलाई धेरै र अधिक माया छ
तिम्रो जस्तो असल मन धेरै कमै हुन्छ
तिमी मेरो संसार हौ तिमि बाट जीवन सुरु हुन्छ
 
तिम्रो साथमा जिन्दगी जिउँदै छु
जब म तिम्रो काखमा निदाउनेछु
तिमिलाई सधैँ सपनीमा देख्ने गर्थे
तिमिलाई हेर्न भनी यहाँ सम्म पुगे ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

प्रतिकृयाहरू
...