Saturday 26th July 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हाम्रो माया रहिरहोस् मनमा…


हाम्रो माया रहिरहोस् मनमा खुसी मिलोस्
शब्दले मात्र कति बयान हुन्छ मनको कुरा बुझ्न सकियोस्
सधैँ हाँसेर बाच्नुपर्छ रमाएर बाच्नुपर्छ
तिम्रा खुसीहरूमा मैले रमाउनुपर्छ
 
जुनी भर तिमिलाई साथ दिनेछु
तिमिलाई पाउने म भाग्यमानी रहेछु
बाँचुन्जेल सधैँ तिमिलाई साथ दिनेछु
तिम्रो हाँसोमा मन भुलाएको छु
 
सयौँ जुनी सधैँ साथ दिन्छु साथ छोड्ने छैन
तिमि बाचिदेऊ आएको छु तिमिलाई बचाउन
हाम्रो माया रहिरहोस् मनमा खुसी मिलोस्
शब्दले मात्र कति बयान हुन्छ मनको कुरा बुझ्न सकियोस् ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...