Thursday 1st October 2026

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा “महिला उद्यमशीलता अभियान” घोषणा गर्यो


स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा “महिला उद्यमशीलता अभियान” घोषणा गरेको छ। Sparro SMS ले एक प्रेस विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ। यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले Sparrow SMS द्वारा प्रदान गरिएको सेवाहरूमा ८०% सम्मको छुटबाट लाभ उठाउन सक्छन्, साथै SMS मार्केटिङ बारे पनि नि:शुल्क परामर्श लिन सक्नेछन्।

बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ । स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज्, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उहाँहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्दछ।

यस अभियान बारेमा थप जानकारीको लागि, कृपया आधिकारिक वेबसाइट https://sparrowsms.com
मा जानुहोस् वा 9802005008 मा सम्पर्क गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...