Friday 2nd October 2026

अमेरिकाद्दारा इराक र इरानमा हवाइ हमला सुरू, ८५ स्थानलाइ केन्द्र बनाइयो


एजेन्सि-अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरू गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरू गरेको हो ।

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

‘हाम्रो प्रतिक्रिया आज सुरु भयो । यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ राष्ट्रपति बिडेनले शुक्रबार एक विज्ञप्तिमा भनेका थिए । गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए ।

सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिणामात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो । इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...