Sunday 9th August 2026

रूससँग युद्ध लड्न बेलायतले दियो युक्रेनलाई २.५० अर्ब पाउन्ड


एजेन्सि- बेलायतले रूससँग युद्धरत युक्रेनलाई २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन्।

प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध हुनेछ। बेलायतले युक्रेनलाई दिएको सहयोग यसअघिको २ अर्ब पाउण्डभन्दा बढी हो।

बेलायती सरकारले युक्रेनलाई दिएको यो रकमले ड्रोन खरिदमा सबैभन्दा ठूलो सहयोग पुग्ने बताएको छ। ऋषि सुनकको युक्रेन भ्रमणका क्रममा ऐतिहासिक सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको छ।

बेलायत र युक्रेनबीचको यो सम्झौता आगामी सय वर्षसम्म दिगो साझेदारीतर्फको पहिलो कदम हुने पश्चिमी सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनका लागि बेलायती कोषमा बृद्धिको उद्देश्य लामो दूरीको क्षेप्यास्त्र, वायु रक्षा प्रणाली, तोपखाना गोलाबारुद र समुद्री सुरक्षा प्रदान गर्नु हो।

यस नयाँ प्याकेजबाट कम्तिमा २ बिलियन पाउन्ड युक्रेनको द्रुत खरीद र हजारौं सैन्य ड्रोनहरूको उत्पादनमा खर्च गरिनेछ, जसमा निगरानी उपकरण, लामो दूरीको स्ट्राइक हतियार र समुद्री ड्रोनहरू समावेश हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

प्रतिकृयाहरू
...