Sunday 26th July 2026

बेरोजगारी झन् बढ्ने आइएलओको अनुमान


अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको हो ।

सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरू आउनेछन् । जसकारण बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्नेछ । सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत मात्रै थियो । आइएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएपनि श्रम बजारमा आश्र्चयजनक रुपमा लचिलो भएको र बहुपक्षीय संकटहरु देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको जनाएको छ सन् २०२४ मा २० धनी राष्ट्रहरुमासमेत खर्च योग्य आयमा गिराउट आउने आइएलओको दाबी छ । ‘उच्च र निम्न आय भएका देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ आइएलओले भनेको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४.५ प्रतिशत वेरोजगारदर थियो भने निम्न आय भएको देशमा वेरोजगारदर ५.७ प्रतिशत थियो ।’

यो वर्ष काम गर्ने गरिब श्रमिकहरु बढ्ने आइएलओको दाबी छ । सन् २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको सख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरुको सख्या ८४ लाख पुगेको थियो ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...