Friday 2nd October 2026

तपस्वी बम्जनको घरमा तीन करोड र लाखौं विदेशी डलर


विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुदा फेला परेको छ ।

मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो। तीन करोड ३० लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ।

डलरलगायत अरू पनि करेन्सी छन्, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छु’ सीबीआई प्रमुख किरण ब्रजाचार्यले भनिन्। तपस्वीको घरबाट करोडौं रुपैयाँ फेला पर्नुलाई आश्चर्य मानिएको छ ।

बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो। उनको बारा, सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकमा आश्रम छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...