Tuesday 10th March 2026

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत


भूटानमा मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको छ।

दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ। जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ।

अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको पिडिपीले सन् २०२४ को संसदीय निर्वाचनमा ३० सिट जितेको र भूटान टेन्ड्रेल पार्टी (बिटिपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको बताएको छ।

निर्वाचनअघि जारी गरिएको आधिकारिक समय तालिकाअनुसार निर्वाचन आयोगले नतिजाबारे तत्काल कुनै पुष्टि गरेको छैन। आज अन्तिम नतिजा जारी हुने अपेक्षा गरिएको छ।

सामूहिक पलायन

स्विट्जरल्यान्ड जस्तै जमिनले घेरिएको करिब आठ लाख जनसङ्ख्या भएको पहाडी मुलुक भूटानमा केही मतदाताले मतदान गर्न धेरै दिनको यात्रा गर्नुपरेको थियो।

राजधानी थिम्पुमा मतदान गरेपछि २२ वर्षीय छात्र उग्येन छिरिङले भने, “भूटानमा रोजगारीका अवसरहरू कम छन् र युवाहरू हरियाली स्थानका लागि विदेश जान नपरोस् भनेर नयाँ सरकारले यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्छ।”

विश्व बैंकका अनुसार भूटानको बेरोजगारी दर २९ प्रतिशत छ। पछिल्लो पाँच वर्षमा आर्थिक विकास औसत एक दशमलव सात प्रतिशतको दर बढेको छ। निर्वाचनका क्रममा तोब्गेले भूटानको अभूतपूर्व आर्थिक चुनौती र ठूलो सङ्ख्यामा पलायनबारेमा चेतावनी दिए।

प्रत्येक आठमध्ये एक जनाले खानाका लागि आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेको उनको पार्टीको घोषणापत्रमा सरकारी आँकडालाई उद्धृत गरिएको छ।

उनका निर्वाचन प्रतिद्वन्द्वी बिटिपीका नेता तथा करियर निजामती कर्मचारी पेमा चेवाङले पनि मुलुकले ‘राष्ट्रको क्रिम’ गुमाउँदै गरेको चेतावनी दिएका छन्।

विदेशमा राम्रो आर्थिक तथा शैक्षिक अवसरको खोजी गरिरहेका युवाहरूले पछिल्लो निर्वाचनदेखि रेकर्ड सङ्ख्यामा मुलुक छाडेका छन्। उनीहरूको शीर्ष गन्तव्यमा अस्ट्रेलिया परेको छ। एक स्थानीय समाचार रिपोर्टअनुसार गत जुलाईअघि १२ महिनामा करिब १५ हजार भूटानीलाई भिसा जारी गरिएको थियो। यो पछिल्लो छ वर्षभन्दा धेरै र मुलुकको जनसङ्ख्याको करिब दुई प्रतिशत हो।

“मैले ग्रामीण क्षेत्रमा विकासको अपेक्षा गरेको छु”, २५ वर्षीया वास्तुविद् सन्ध्या प्रधानले मतदानपछि भनिन्। उनले अस्ट्रेलियामा रहेका युवाहरूलाई फर्केर भूटानमा काम गर्न प्रोत्साहन गर्न शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको बताइन्।

किसान गाउँ खसद्रपचुकी ६५ वर्षीया गृहिणी योङ चेन डेमाले पिउने पानीको अभाव र सडकको खराब अवस्था आफूले सामना गर्न चाहेको ग्रामीण क्षेत्रका चुनौती रहेको बताइन्।

वर्तमान राजाको शासनकालको सुरुआत लगत्तै सन् २००८ मा स्थापना गरिएको संसदमा तोब्गे विपक्षी नेता थिए। पूर्वनिजामती कर्मचारी उनले सन् २०१३ देखि सन् २०१८ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका थिए। उनले पिटसबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा डिग्री र हार्वर्डबाट सार्वजनिक प्रशासनमा मास्टर डिग्री हासिल गरेका छन्।

नोभेम्बरमा भएको प्राथमिक प्रतियोगिताले अघिल्लो सरकारका सांसद र उनीहरूका पूर्वविपक्षी दुवैलाई हराउँदै दुई दललाई प्रतिस्पर्धामा सीमित गरेको थियो।

अघिल्लो सरकारले अर्थतन्त्रमा विविधता ल्याउनका लागि परियोजनाहरूलाई अगाडि बढाएको थियो। यसमा भारतीय सीमामा विशेष आर्थिक क्षेत्र र क्रिप्टोकरेन्सी–माइनिङ योजनाका लागि पैसा जुटाउन सिंगापुरस्थित कम्पनीसँग योजना समावेश थियो।

पर्यटन भूटानको अर्थतन्त्रको एउटा सानो भाग हो तर विदेशी मुद्राको मुख्य आर्जन गर्ने यो क्षेत्र अहिलेसम्म कोभिड महामारीका अवरोधबाट माथि आउन सकेको छैन। तोब्गेले ऊर्जाको प्रमुख स्रोत जलविद्युत्मा व्यापक लगानी गर्ने वाचा गरेका थिए।Dcnepal बाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...