Sunday 16th August 2026

दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीत “अधुरो सपना-२” सार्वजनिक


गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी “अधुरो सपना-२” बोलको गीतको भिडियो रिलिज भएको हो ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको “अधुरो सपना-२” बोलको गीतको भिडियो देख्न सकिन्छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन् । हेर्नुहोस् यो मर्मस्पर्शी गीतको भिडियो


सम्बन्धित शीर्षकहरु

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

प्रतिकृयाहरू
...