Friday 28th November 2025

टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक


नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो । आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ ।

तर, एपमा १३ वर्ष उमेरभन्दा माथिकाले पहुँच राख्न पाउनेछन् । नेपाल सरकारले टिकटक ब्याड गरेपछि नेपालमै बनेको ‘रमाइलो’ एपलाई नेपाली प्रयोगकर्ताले कतिको रुचाउने अपेक्षा निर्माताले गरेका छन् ।

एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्ने कम्पनीले बताएको छ ।

-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ)…

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद…

प्रतिकृयाहरू
...