Friday 6th June 2025

लामो समय कुवेतको अस्पतालमा उपचाररत आमा छोरीको भयो उद्धार


तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत लामो समय देखि फर्वानिया अस्पतालमा उनको उपचार चलिरहेको थियो। टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसन समेत गरिएको अस्पतालले जनाएको छ। उपचार कै क्रममा छोरीको जन्म दिएकी आशा अझैसम्म बोल्न सक्दिनन।

२०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए। तत पश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो। नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लोपटक चितवन् सेवा समाजको पहलमा आमा छोरीकै उद्वार  गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले तितोपाटीलाई जानकारी दिएका छ्न ।अब उनलाई नेपालमा एक सामाजिक सस्था AMRIT SAR Organisation (Amritsar social Organisation) संरक्षणमा राखिने बताउदै बिरामी आशाका आमाछोरी सहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक सस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिएका छ्न।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...