Monday 27th July 2026

लामो समय कुवेतको अस्पतालमा उपचाररत आमा छोरीको भयो उद्धार


तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत लामो समय देखि फर्वानिया अस्पतालमा उनको उपचार चलिरहेको थियो। टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसन समेत गरिएको अस्पतालले जनाएको छ। उपचार कै क्रममा छोरीको जन्म दिएकी आशा अझैसम्म बोल्न सक्दिनन।

२०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए। तत पश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो। नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लोपटक चितवन् सेवा समाजको पहलमा आमा छोरीकै उद्वार  गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले तितोपाटीलाई जानकारी दिएका छ्न ।अब उनलाई नेपालमा एक सामाजिक सस्था AMRIT SAR Organisation (Amritsar social Organisation) संरक्षणमा राखिने बताउदै बिरामी आशाका आमाछोरी सहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक सस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिएका छ्न।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...