Sunday 11th January 2026

अभिनेता अनमोल केसी पक्राउ


अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।

यसअघि पनि २०७६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध ठगी गरेको उजुरी परेको थियो । फिल्मस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’ खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका थिए ।अनमोलका पिता भुवनले निर्मातासँगको छलफलमा केस मिलाएका थिए ।


सम्बन्धित शीर्षकहरु

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

प्रतिकृयाहरू
...