नारायण घिमिरे ‘भावुक’ – मानव जाती आफैमा सामाजिक प्राणी हो, विवेकशिल प्राणी हो । व्यावहारिक नैतिकता देखाउन सक्ने मनुष्य मात्र वास्तविक विवेकशिल प्राणी हो । युगान्तरको तुलनामा बढ्दो आत्मियताको बेथितिले मनमा रवैयाका नीति नियम एकाएक बनेका छन् । मानव जातिका प्रकृति अनगिन्ती आकारप्रकारमा छन् । जहाँ धनमत्त, मनमत्त र अनमत्त मनुष्यको क्षणिक घमण्ड मनुष्य बजारमा व्याप्त छ । जीव जन्मपश्चात् मृत्यु अपरिहार्य छ । यस समयावधिलाई कसैले छोटो ठानेर हैरान छ भने कसैले अनन्त भएको ठानेर बजार डुङ्डुङ गन्ह्याएको छ ।
वास्तवमा पुर्ण सुख प्राप्तको अनुभव गरेका मनुष्यहरु यहाँ कमै भेटिन्छन् । तर आफू सन्तोष भइ सुखि महुशुस गरि परिस्थितिको दास बनी लथालिङ्ग मस्तिष्क जिवनलाई व्यवस्थित जीवन बनाइ खुसी हुनु नै सर्वोकृष्ट खुसि हो । संसारमा कोहि दरिद्र छन्, कोहि भोका छन्, कोहि नांगा, कोहि अपांग छन् । त्यसैमाथी प्रकृतिले वरदान स्वरुप कुन घडिमा कुन बज्रपात उपहार स्वरुप हामिलाई दान गर्छ हामी अनविज्ञ छौँ । कोहि यस्ता छन् जो भविष्यको ग्यारेन्टी गर्छन्, आफू सम्पन्नशाली ठान्छन् जो धनको महत्त्वको सिमा बुज्न सक्दैनन् । धनमत्त वास्तवमै क्षणिक घमण्ड हो- आखिर दुई हातमा सुत्ने, एक जोर वस्त्रालकांर गर्ने, दुई छाक खाने अन्तिममा हुने खरानी नै हो । तर यसलाई विश्लेषण गरि जस्ले जिन्दगी छोटो ठानेर घमण्ड गर्छ त्यो पनि क्षणिक घमण्ड हो । यहाँ आफन्ती प्रमाणित गर्न पनि धन चाहिन्छ, धन केहि होइन लिखित उपन्यास किन्न पैसा खर्चनुपर्छ । मानिसको औसत आयु केही घन्टा र वर्षको होइन, पौने शताब्दी एउटा लामो इतिहास हो । जहाँ आफुले जिउने जिवन शैलिको उत्तम प्रयोग नै जिवनको मुख्य विशेषण हो । धन सबैथोक हो तर सबैथोक धन होइन यद्यपि धनमत्त बाट मनमत्त र अनमत्त हुनु व्यर्थ छ ।
तर “जिउँदाको जन्ती मर्दाको मलामी” पनि धनी र गरिब बिचमा तुलनात्मक रुपमा फरक नै हुन्छ । बुज्नु आवश्यक यो हो कि धन सफल जिन्दगिको सहायक हो । धन सफल जिवनको अनिवार्य आवश्यकता हो जस्ले आफू प्रती अरुको दृष्टिकोणमा मत्ताउने किसिमको हुनु भएन । “ॠण” मात्रै नकारात्मक होइन, ॠण काडेर घ्यु खानु मात्रै नकारात्मक हो । जो उद्धमी अरबपती खरबपती छन् उनको लगानी प्रायः ऋण नै हो । ॠण लाग्नाले “माकुराले जालो हाल्यो भनेर माकुरालाई दोष थुपार्ने विवेक गुमेका मनुष्य पनि यहाँ नभएका होइनन् ।” धन हातको मैलो हो भन्दैमा हात मिच्दैमा प्राप्ती हुने मैला पनि धन होइन । धन त्यो हो जो आफ्नो मूल्य निर्धारणको लागि सहायक शीर्षक हो ।
रोडको मानिस करोड र करोडको मानिस रोडमा जान कुनै आइतबार लाग्दैन् । भाग्यमा भन्दा कर्ममा विश्वास गरि आफ्नो कर्मको प्रतिफल अनुरुप धनले मानिस धनी बन्ने हो । तर धनको धनी भन्दा मनको धनी कैयौं गुणा शक्तिशाली र टिकाउ हुन्छ । तर धनको गरिबी मान्छे मनको धनी बन्दैमा क्षमतावान व्यक्ती चाहिँ हुन सक्दैन । यद्यपि धनमत्त नहुनु तर धनी हुनु नै मानिसको लागि योग्य कुरा हो । धनको विलासिताको प्रयोगले आफ्ना तल्लो पुस्ताले मिहिनेत र परिश्रम अनि धनको महत्त्व चिन्न गाह्रो पर्ने मात्रै होइन अभिभावक प्रती निर्वाह गर्नुपर्ने भुमिका नै गौण हुन जानसक्ने उदाहरणहरु भेटिन्छन् । त्यतिमात्रै होइन, विलासिताको प्रयोग गर्ने समयमा अथक मिहिनेत र प्रयास गरि धनको भण्डार गर्ने अन्ततः बुढेसकालमा धनको विलासिताको महत्त्व नहुने पनि हुन्छ । कुरा जसरी घुमाएपनी धनी बन्नु तर धनमत्त, मनमत्त र अनमत्त नहुनु ।
मध्य वर्गिय र न्यून वर्गिय पारिवारिक सदस्यका मध्यम स्मरण शक्ति वा तिक्ष्ण अध्ययन क्षमताका विद्यार्थीहरुको माध्यमिक स्तर भन्दा उपल्लो योग्यताको यात्रामा उस्तै दु:खद अवस्था धनले निम्त्याउन्छ । पढ्न छाड्नु कसरी छाड्नु अध्यनको निरन्तर सफलता, पढ्नु मात्रै कसरी पढ्नु, पढाइ र रोजगार दुबै कसरी ? त्यसैमाथी नेपालको बिग्रेको शिक्षा घटनाक्रमले विशेष गरि स्नातक तहका मध्यम वर्गिय पारिवारिक विद्यार्थी काचो पिँडालु थुक्नु कि निल्नु यहीँ धन र अध्यनले गराएको हुन्छ ।
“धनी हुनु तर धनमत्त, मनमत्त र अनमत्त नहुनु ।” धन सबैथोक होइन् तर सबैथोक धन हो । सन्तुष्टि महुशुस हो, जसलाई खुसी भइ महुशुस गर्नु नै सुखी हुनु हो । बज्रपात र भर्र्याङ्का खुड्किलाको गहिराइमा तपाई एक्लै तड्पिनु भएको होइन, यहाँ तमाम मनुष्य जिन्दगीको परिभाषामा भौतारिरहेका छन् । धन भनेको रतन्धो लागेको प्रकृति हो जो परिस्थिति परिमार्जनमा मेरुदण्ड सावित हुन्छ, तर धन अन्धो पनि भएकाले सबैथोक होइन । यहाँ करोडौंको नैतिकता, मानवियता, धर्म र विवेक निशुल्क वरिपरिको सामाजिकिकरणका गल्लिमा प्राप्त हुन्छ । अमुल्य धन मुल्यवान धन भन्दा शक्तिशाली हुन्छ जस्तो एक बफादार मित्र हजारौं आफन्ती भन्दा महत्त्वपूर्ण हुनसक्छ ।