Sunday 27th July 2025

नेपाली राजदूतावास कुवेतद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना


नेपाली राजदूतावास कुवेतको आयोजनामा कुवेतमा रहेका नेपालीहरूका लागि हिँजो मिति १० मार्च २०२३ मा राजदूतावास परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।

शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारंभिक स्वास्थ्य परिक्षण जस्तैः रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परिक्षण गर्नुका साथै Paediatric Dentist Dr. Sumant Mishra ले दाँत तथा मुखको स्वास्थ्य (Oral Health) बारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमको शुरूवातमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गाप्रसाद भण्डारीले शिविरको महत्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलार्इ स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परिक्षणमा सहभागि सबैलार्इ दूतावास एवं आफ्नो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय Hala Super Speciality Medical Center का CEO Mr. Nasir Ahmed Yakub, सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू लगायत Dr. Sumant Mishra लार्इ विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
स्वास्थ्य परिक्षण आरम्भ पूर्व आयोजित कार्यक्रमको सञ्चालन दूतावासका प्रथम सचिव श्री प्रेमराज गाैतमले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...