Saturday 20th June 2026

नेपाली राजदूतावास कुवेतद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना


नेपाली राजदूतावास कुवेतको आयोजनामा कुवेतमा रहेका नेपालीहरूका लागि हिँजो मिति १० मार्च २०२३ मा राजदूतावास परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।

शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारंभिक स्वास्थ्य परिक्षण जस्तैः रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परिक्षण गर्नुका साथै Paediatric Dentist Dr. Sumant Mishra ले दाँत तथा मुखको स्वास्थ्य (Oral Health) बारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमको शुरूवातमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गाप्रसाद भण्डारीले शिविरको महत्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलार्इ स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परिक्षणमा सहभागि सबैलार्इ दूतावास एवं आफ्नो तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय Hala Super Speciality Medical Center का CEO Mr. Nasir Ahmed Yakub, सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू लगायत Dr. Sumant Mishra लार्इ विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
स्वास्थ्य परिक्षण आरम्भ पूर्व आयोजित कार्यक्रमको सञ्चालन दूतावासका प्रथम सचिव श्री प्रेमराज गाैतमले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...