Wednesday 1st July 2026

पल शाहलाई तनहुँ अदालतबाट सफाई (भिडियो सहित )


काठमाडौं – जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तीनै किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय गरिसकेको छ । तनहुँ जिल्ला अदालतले सफाई दिए पनि शाह जेलमुक्त हुने छैनन् ।पीडित भनिएकी नाबालिकाले बलात्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् ।

ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा बलात्कार गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोग आएपनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो। शाह करिब एक वर्षयता थुनामा छन् ।

-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...