Friday 11th September 2026

नयाँ वर्ष सांगीतिक धमाकाका लागि प्रकाश सपुत र तक्मेबुढा कुवेत आईपुगे


नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा उनिहरुको स्वागतार्थको लागि नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका पदाधिकारीलगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।कलाकारद्वय प्रकाश सपूत र हास्यकलाकार तक्मेबुढाको आगमनमा कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र खादा ओढाएर भब्य स्वागत गरिएको थियो।

कार्यक्रमको विवरण:

मिति : ६ जनवरी, २०२३ शुक्रबार

समय : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म।

स्थान : सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोख एनबीके बैंकको अगाडि।

आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत।


सम्बन्धित शीर्षकहरु

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष…

भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ।…

प्रतिकृयाहरू
...