Wednesday 19th August 2026

घुस लिएको आरोपमा कुवेतका ७ न्यायाधीश जेल चलान, एक जनाले सफाइ


कुवेत शहर, काउन्सिलर अब्दुल रहमान अल(दारमीको नेतृत्वमा रहेको पुनरावेदन अदालतले तथाकथित ुन्यायाधीशहरूलाई घुसखोरीु गरेको अभियोगमा सात न्यायाधीशलाई ७ देखि १५ वर्षसम्मको जेल सजाय, पदबाट बर्खास्त र सम्पत्ति जफत गरेको छ। एकजना न्यायाधीशले सफाइ पाएका छन उनले पाएको गाडी लगायतका सुविधाहरु सवै खोसिएका छन । अदालतले अन्यलाई विभिन्न अवधिको जेल सजाय पनि सुनाएको छ, जसमध्ये केही कर्मचारी छन्, उनीहरूलाई पदबाट बर्खास्त गरेको छ भने संलघन व्यवसायीलाई कैदको आदेश दिईएको छ।

न्यायधिसहरुलाई नेपालमा दुनियामा नभएको उन्मुक्ति र स्वच्छन्दतामा छाडदा सवै भन्दा धेरै भ्रष्टचार त्यही हुने गरेको छ । पिडित ले न्याय नपाएर पैसा र पावर ले फैसला आफ्नो पक्षमा पार्ने गरेको पाईन्छ । अधिकार क्षेत्र होस नहोस, न्यायलयमा मुद्धा दर्ता गरे पछि आन्तरिक वा वाह्य प्रभावमा न्यायधिसहरु फैसला लेख्ने गर्दछन । न्यायधिस माथि पनि मुद्धा लाग्ने वा तिनलाई कारबाही गर्ने शक्ति संविधानमा कतै छैन । एउटा महाअभियोग को धारा लेखिएको छ जुन धारा अनुसार कारबाही गर्न सजिलो छैन । जसले गर्दा हाम्रो देशमा न्याय हराएको छ मरेको छ भन्दा पनि फरक पर्दैन । न्यायमुर्ति नै भक्षक का रुपमा प्रस्तुत हुनु सामान्य जस्तै छ ।

अबैध रुपमा बस्नेहरु पक्राउ, बजार बजारमा पुलिसको छापा
कुवेत सिटी, आवासीय मामिला विभागको सामान्य विभागले संयुक्त त्रिपक्षीय समितिको प्रतिनिधित्व गर्दै बसोबास ऐन उल्लङ्घन गरी दैनिक काम गर्ने विभिन्न राष्ट्रियताका ११ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कानुनी कारबाही गर्न सक्षम अधिकारीलाई पठाइएको थियो

यसरी नै शुक्रबार बजारमा सुरक्षा अभियानले आवास कानून उल्लङ्घन गरेको आरोपमा २७ जना विदेशी नागरिकलाई पक्राउ गरी उनीहरूलाई कानुनी कारबाही गर्न सक्षम अधिकारीलाई पठाइएको छ । अभियानकै क्रममा अल राई क्षेत्रमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ परेका थिए ।

यसै गरी एक अर्को समाचारमा एक नेपाली चालकले यात्रु सँग नराम्रो ब्यवहार गरेको आरोपमा अलराई क्षेत्रबाट पक्राउ गरिएको समाचार आएको छ ।

Source -Arab times


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...