चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०६/०१३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
——————–
चन्द्रवती अधिकारी
चित्र सङ्कलक
———————-
चन्द्रावती अधिकारी
समायोजक
—————–
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बत्तिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
आफ्नो संस्कृति रित प्यारो
लेक बेसीको प्रीत प्यारो
गाउँ समाज एक भए
सबैको सामु मित प्यारो
लाग्छ सत्यको जित प्यारो ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग २
रोटे पिङ र लिङ्गे पिङ नि हाल्न थाले दसैँ आयो
रातो माटो कमेरोले घर टाल्न थाले दसैँ आयो
मालश्री धुन सुन्दै शरद् ऋतु रङ्गीन डोलीमाथि
कतै खसी कतै च्याङ्ग्राहरू ढाल्न थाले दसैँ आयो
दुर्गा माता पुजेर आरती बाल्न थाले दसैँ आयो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ३
नयाँ नयाँ कपडा लाएर मनाउँ दशैँ
मासुको परिकार खाएर मनाउँ दशैँ
रोटेपिङ र लिङ्गे पिङमा सरर गर्दै
ठुलाको आशिर्वाद पाएर मनाउँ दशैं
सुख शान्ति समृद्धि छाएर मनाउँ दशै !!
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ४
दशैंमा गरिबकाे पनि चूल्हाे बल्नु पर्छ
आफ्नाे हैसियत अनुसार नै चल्नु पर्छ
पर्व धनी गरीब सबैकाे लागि बनेकाे
सबैमा याे दशैंकाे आशिर्वाद फल्नु पर्छ
मरेपछि त सबैले चितामा जल्नु पर्छ
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ५
यसपालि फेरि काठेपीङमा रमाउँछु
लडिन्छ भनेर बलियो गरि समाउँछु
दशैँ तिहार हाम्रा बलिया पहिचान हुन्
मौका मिले गाउँमै ससुराली जमाउँछु
म मेरै बालापनमै अहिले घमाउँछु ।
तेजप्रसाद खनाल
लमही दाङ।
पञ्चाङ्ग ६
दशैं आयो लिङ्गे पिङ्ग खेलौंला साथी
च च हुई गर्दै पिङ्ग ठेलौला साथी
यस्तै हो कहिले घाम कहिले छायाँ
दुःख सुखले जिन्दगी झेलौला साथी
कहिले काही आफैले पेलौला साथी ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
चौँडाले पीङमा चचहै, नगरी के दशैँ?
मसला जो हो गर्न वेशी, नझरी के दशैँ?
मुङ्लान पसेका मुङ्लाने,घर फर्किएर,
आङमा रङ्गीचङ्गी नाना, नपरी के दशैँ?
नानीका ओठमा मुस्कान, नछरी के दशैँ?
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
पञ्चाङ्ग ८
नेपाली पनले समेट्ने दशैं तिहार हुनपर्छ
कपट बिनाको सद्भावयुक्त निखार हुनपर्छ
नमच्चने पिङको सय झड्का,जस्तै नपरोस् मर्का
कर्ममा जुट्ने आँटिलो दर्बिलो विचार हुनपर्छ
नबगोस् कतै , सुख त किनारै किनार हुनपर्छ ।
प्रेम थापा “मन”बागलुङ
लिङ्गे अनि राेटे पिङमा रमाए पाे दशैँ
बालापनका साथीसँगी जमाए पाे दशैँ
नाङ्गाे आङ भाेकाे पेट रित्ताे भकारी छ
चाड मान्न दुईचार पैसा कमाए पाे दशैँ
बाआमाका आशीषले माथ समाए पाे दशैँ ।
पञ्चाङ्ग ९
भेट हाैँला घुम्दै घुम्दै खेल्न आऊ साथी
पैतालाले पिङकाे बाँ ठेल्न आऊ साथी
धनीगरिब उचनीच हटाउनु छ मिली
रूढीवाद अलि पछि पेल्न आऊ साथी
बाधा व्यवधानहरू झेल्न आऊ साथी ।
२
चन्द्रावती अधिकारी
काेहलपुर वाँके
पञ्चाङ्ग १०
दसैँकाे रमाइलाे गराैँ साथी हाे
वर्ष दिनकाे मेला भराैँ साथी हाे
राेटे पिङ,लिङ्गे पिङ रमाइलो
एकापसी सद्भाव छराैँ साथी हाे
प्रसादलाई ढुक्क पराैँ साथी हाे ।
मधुसूदन प्र.घिमिर, काठमाडौँ ।
Sabita
Sabita Khatri
पञ्चाङ्ग ११
यो पाली त चौडाले पिङ् हालेनन् कि कसो
काठ ल्याइ ठेडी ठोक्न थालेनन् कि कसो
गाॅऊ हुॅदो कतै पनि हल्ला खल्ला छैन
दसैॅ आई सक्यो पाइला चालेनन् कि कसो
खम्बा हाल्ने ठूलो रूख ढालेनन् कि कसो ।
घपश्याम पौडेल, सृजना चोक
पोखरा
पञ्चाङ्ग – १२
सानै भए पनि दशैंमा खसी त ढाल्नै पर्योनि कान्छा
थोत्रै भानि घर लिप पोत गरि टाल्नै पर्योनि कान्छा
ऋण पन गरि पाहुना टार्न अनि बच्चा खुशी पार्न
कुकरमा मजैले हाड मासु त गाल्नै पर्योनि कान्छा
बर्षदिनको पर्व पिङ्मा खुट्टा त हाल्नै पर्योनि कान्छा !
बिबस पारदर्शी
भद्रपुर झापा ।
पञ्चाङ्ग १३
दशैं आउँछ माया लाउँछ फेरि फर्केर गइहाल्छ
भेटघाट हुन्छ एकैछिन् ममता लर्केर गइहाल्छ
रमाईलो मेला मान्छेको भेला खुसीले दिन छाएको
मिलन मलहम बिछोड पीडा चर्केर गइहाल्छ
आशिष बोकेर निधारमा टीको तर्केर गइहाल्छ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १४
धनी- गरिब सबैको घरमा सरासर आओस् दशैं
साना अनि ठुला सबैलाई नै बराबर आओस् दशैं
होचो अर्घेलो नगरेर संस्कार धानोस् सधैं यसले
आयुद्रोणसुते.. मन्त्र जस्तै नै खराखर आओस् दशैं
दाजु र भाइ बीच भातृत्वमा चराचर आओस् दशैं !
-पशपति राई खोटाङ्ग
पञ्चाङ्ग १५
घुमी आयो दशैँ रोटे पिङ खेलेर मनाउँदै
दु:ख पीडा कष्टहरूसँगै झेलेर मनाउँदै
सबै साथ सामेल हुँदै गरिवका दिनहरु
झुपडीबाट उमङ्ग सट्दै पेलेर मनाउँदै
सस्कार संस्कृती जगेर्नामा बेलेर मनाउँदै ।
गणेश पौडेल
कालिका ६ चितवन ।
पञ्चाङ्ग १६
आयो दशैँ पिङ खेलेर जान्छ
गरीबीको पीडा जेलेर जान्छ
आफ्नो घाँटी हेरेर हाड निल्नु
अनेकौं पीर् मर्का झेलेर जान्छ
मिलमा तोरी नी पेलेर जान्छ ।
तारा घिमिरे
पञ्चाङ्ग १७
दशैंमा भेट्न आउ रमाउनु पर्छ
एक अर्काको हात समाउनु पर्छ
पिङ खेलौं रमाउ ऊल्लस मनाउ
सम्बन्ध प्रेमको यो जमाउनु पर्छ
मौकामा प्रेम लौन कमाउनु पर्छ ।
Ratan Bist Shirjan
आलिताल डडेल्धुरा
पञ्चाङ्ग १८
दशैँ हाम्रो तिहार हाम्रो, पर्वमा रमाउनु पर्छ
आफ्नो मूल्य आफ्नो मान्यता संस्कार समाउनु पर्छ
कमेरोले घर लिप्ने, बाँसको लिङ्गो गाड्नै पर्यो नि
लिङ्गे पिङ रोटी पिङ सबैलाई जमाउनु पर्छ
हस्तान्तरण गर्दै जीवनशैली थमाउनु पर्छ ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग १९
जोगाउने र कमाउनेलाई दसैँ
सानो खुसीमा रमाउनेलाई दसैँ
लाहुर गएको छोरा फर्किएपछि
धेरै दक्षिणा समाउनेलाई दसैँ
चर्खे पिङ जमाउनेलाई पो दसैँ ॥
धनमाया चौधरी कैलाली