Tuesday 15th September 2026

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली


निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो।आयोगले आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुख बनेका २०८ लाई जनही सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका २१८ लाई जनही ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका ३७५६ लाई ४ लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार बनेका ४१९६ लाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गर्दा पनि अटेर गरेपछि जरिवाना गरिएको आयोगले जनाएको छ।  निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो। जसमा महानगरपालिकाका दुई सय ८ जना छन्। उनीहरूलाई जनही सात लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल, विराटनगरका मेयर नागेश कोइरला तथा उपमेयर शिल्पा कार्की, भरतपुर महागनरकी मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विरगंजका राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्यले विवरण नबुझाएको आयोगले जनाएको छ। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन्।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...