Wednesday 12th August 2026

अछाममा भिषण वर्षापछि पहिरो जाँदा ९ जनाको मृत्यु


भिषण वर्षापछि अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीलाइ उधृत गर्दै प्रकाशित समाचार अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीकाँधमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताए । त्यस्तै, कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए ।

त्यस्तै, ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको र तुर्माखाद गाउँपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीलाइ उधृत गर्दै समाचार प्रकाशित भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिदै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा…

प्रतिकृयाहरू
...