Tuesday 14th October 2025

झापाली समाज कुवेत द्वारा मेचिनगर ८ का गोबिन्द तामाङ लाई सहयोग


झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् ।

मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको बि एन्ड सि अस्पतालमा उपचारको लागि तत्काल लगिएको र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको अवस्थामा झापाली समाज कुवेतसँग सहयोगको अपिल गरिएपछि समाजको बैठक बसि तत्कालको लागि उक्त रकम सहयोग गरेको हो ।

समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सिनालाई मेचिनगर पालिका – ८ का वडा अध्यक्ष श्री गिरिराज धमलाले पत्रमार्फत आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएको थियो सोही बमोजिम झापाली समाजको मासिक बैठकले निज तामाङ लाई रु ११००० आर्थिक सहयोग गर्ने निणय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...