Monday 12th October 2026

झापाली समाज कुवेत द्वारा मेचिनगर ८ का गोबिन्द तामाङ लाई सहयोग


झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् ।

मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको बि एन्ड सि अस्पतालमा उपचारको लागि तत्काल लगिएको र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको अवस्थामा झापाली समाज कुवेतसँग सहयोगको अपिल गरिएपछि समाजको बैठक बसि तत्कालको लागि उक्त रकम सहयोग गरेको हो ।

समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सिनालाई मेचिनगर पालिका – ८ का वडा अध्यक्ष श्री गिरिराज धमलाले पत्रमार्फत आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएको थियो सोही बमोजिम झापाली समाजको मासिक बैठकले निज तामाङ लाई रु ११००० आर्थिक सहयोग गर्ने निणय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

प्रतिकृयाहरू
...