Monday 22nd June 2026

जुनेली साहित्य समाजको एक वर्ष पुरा, लुम्बिनी प्रदेश इकाई समिति गठन


गत वर्ष कृष्ण जन्मष्टमीको दिन जुनेली साहित्य समाज नेपालको स्थापना भएको थियो। हिजो यो समाज एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । छोटोे समयको अन्तराल मै जुनेली साहित्य समाज नेपालद्धारा संचालित कविताको उपविधा” जुनेली”संसारका धेरै देशहरूमा लेख्ने गरिन्छ। जस्तै:जापान,साउदी ,कतार,अमेरिका,यु.के.,दुबई,साईप्रस ,भारत लगाएत विश्वभरी छरिएका नेपालीहरु बिच लोक प्रिय पनि बन्दै गएको छ । नेपालीहरूका मुटुको ढुकढुकी बन्न सफल रहेको छ भने नेपालको हरेक कुना-काप्चामा पनि यो “जुनेली” कविता दैनिकी पाठका श्लोक बनिसकेको छ । जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिति भित्रका सम्पुर्ण प्रतिनिधि सदस्यहरूको अमुल्य योगदानको नतिजा हो यो।

अबको वर्षमा विभिन्न शिर्षकहरूमा रचिएका जुनेली संग्रह पुस्तकहरूको प्रकाशन र वितरण गर्ने कार्य तालिका यस संस्थाले बनाईसकेको जानकारी प्रवर्तक /केन्द्रीय अध्यक्ष श्री शिव कुमार रेग्मी र व्यवस्थापक/ केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले जानकारी गराउनु भएको छ।

सम्पूर्ण स्रष्टाहरू मध्ये यदि कसैले पनि आफ्नो “जुनेली” संग्रहको पुस्तक प्रकाशन गर्न चाहनु भएको खण्डमा पनि यस संस्थाले रचना प्रकाशन र विमोचन गर्न मुख्य भुमिका निर्वाह गर्ने नै छ।

व्यवस्थापक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यू संग सम्पर्क गर्न सक्नुहुन्छ।
हिजोको वार्षिकोत्सब उपलक्ष्यमा जुनेली साहित्य समाजले लुम्बिनी प्रदेश(प्रदेश नं.५) जुनेली साहित्य समाज नेपालको इकाई समिति प्रतिनिधिहरूको घोषणा गर्दै संस्थाका व्यवस्थापक/केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले समितिको कार्य र जुनेली काव्यका उपलब्धियाहरूको बारेमा विस्तृत जानकारी दिनु भएको थियो।
साथै नवनियुक्त पदाधिकारीहरूले आ-आफ्नो विचार साझा गर्नुभएको थियो।

जुनेली साहित्य समाज नेपाल “लुम्बिनी प्रदेश इकाई समिति”का पदाधिकारीहरू यस प्रकार रहेका छन्।
अध्यक्ष:श्री डिल्लीराज सर्मा,बुटवल,रूपन्देही।
उपाध्यक्ष:श्री शुरेशकुमार पाण्डे,घोराही-१८,दाङ।
कोषाध्यक्ष:श्री राधा देवी भटराई,सरावल-१,नवलपरासी।
सचिव:श्री शिव ज्ञवाली,रू रू-१,गुल्मी।
सदस्य:श्री बिमला गैरे न्यौपाने,तानसेन,पाल्पा।
सदस्य:श्री हरि पराजुली,पाल्पा,हाल-अमेरिका।
सदस्य:श्री अमृता रेग्मी अर्याल,बुटवल,खैरेनी, रूपन्देही।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...