Sunday 17th May 2026

पुस्तक चर्चाः लता के.सी.को दोस्रो कृति लघुकथा संग्रह ‘दृश्य’भित्र एक दृष्टि


बन्दना घिमिरे – दृश्य लघुकथा संग्रह लघुकथाकार लता के.सी.को दोस्रो लघुकथा संग्रह हो । यो भन्दा अगाडि ‘चोट देखि मृत्युसम्म’ भन्ने लघुकथा संग्रह आईसकेको छ । यस दृश्य लघुकथा संग्रह भित्रका लघुकथाहरुमा सामाजिक मनोविज्ञान उतार्न खप्पिस देखिनु भएको छ लघुकथाकार लता के.सी.। दृश्य भित्रका कथाहरुले समाजमा रहेका यथार्थलाई चोटिलो व्यंग्य गर्न सफल रहेका छन् । कथामा लेखक बोलेको कमै देखिन्छ, पात्रहरु बोलेका छन् । यस्तो हुनु लघुकथा उत्कृष्ट हुनुको परिचायक हो । जस्तै ‘सचित्र’ लघुकथामा म पात्रले देशको राजनैतिक पक्ष नियाल्दै गएर एक्कासि चिच्याएको छ -”जनतावाद – जिन्दावाद” यस कथामा विद्रोह छ।

महिलाहरुद्वारा लेखिएका कथाहरु प्रायजसो आदर्शवाद उन्मुख वा यथास्थितिवादी हुन्छन् भनि टिप्पणी गर्नेहरुका लागि यस दृश्य लघुकथा संग्रह भित्रका लघुकथाहरुले महिलाहरुका कथाहरुमा पनि विद्रोह हुन्छ । अब, सबै सहेर बस्ने दिन गए भन्ने छाप छोड्न सफल रहेको मैले पाँए । अचम्म,उध्दार जस्ता सातवटा कथाहरुका महिला पात्रहरु विद्रोही छन् ।

केही कथाका पात्रहरु पाठकको मनमा झड्का दिन सफल छन् । गाँउमा समाजसेवा गरिहिडने भनि देखाउदै हिडेकी बहिनीको दाई क्यान्सरको दवाई गर्न नसकेर मरेका छन् भने बहिनी समाज सेवा गर्दै हिडेकी छन् समाजसेवा लघुकथामा ।

त्यसैगरी महिलाले लेखेका कथाहरुमा महिलाका रोनाधोना मात्र समेटिएको हुन्छ पुरुषको दृष्टिकोण बुझ्दैनन् भन्ने जमातलाई लता के.सी.को दृश्यका लघुकथाहरुले महिलाको सोच महिलावादी नभई मानवतावादी हुन्छन् अर्थात सबै पक्षमा समानता भएमात्र सभ्य समाजको परिकल्पना सार्थक हुन्छ भन्ने तथ्य उजागर गर्न सफल रहेको मैले पाएँ किनकी उहाँका लघुकथाका पात्रहरुले कुनै किसिमको विभेद गरेको र सहेको मैले कँहीकतै देखिन ।

‘लोभी’ लघुकथामा लोभी महिलाको चरित्रचित्रण गरिएको छ । यस कथामा धने पात्रले प्याच्च भनेको छ, ”आफ्नो बारीको डाले घाँस हामीलाई महँगो दाममा बेच्ने अनि मोही सित्तैमा माग्ने ?”

‘परिवर्तन’ लघुकथाकी पात्रले पतिलाई पहिला मोवाईल नभएकाले पो सबैकाम खुरुखुरु धानेकी थिए अब मोवाईल छ किन तिम्रो घरको काम खुरुखुरु गर्छु ? भन्दै आफ्नै करतुत खोलेकी छन् । यस कथामा महिलापात्रको मोवाईल मोहको उछित्तो काढिएको छ ।
लघुकथा संग्रहको नाम जुराउने लघुकथा दृश्यमा मुख्य पात्रको रुपमा उ पात्र रहेको छ ।उसको जीवन र जगतको बुझाईभने आम मानिसको भन्दा भिन्न र यथार्थपरक रहेको मैले पाएको छु । उपात्र बाउ मर्दा हाँसेको छ भने नवजात छोरालाई लिएर रोएको छ । यस पात्रको आद्यात्मिक सोचाईले पाठकको मनलाई झङ्कृत गराउछ ।

केही कथाहरुमा मानवेत्तर पात्रहरु रहेका छन् । हिमाल, पहाड ,तराई जस्ता पात्रहरुपनि जिवन्त झैं लाग्छन् । दिदी बहिनी, आमा जस्ता सहोदर नातामा पनि धनको प्रभाव कस्तरी पर्दछ भनि पर्दाफास गर्ने पात्रहरु पनि रहेका छन् ।

समग्रमा भन्नुपर्दा यस ‘दृश्य’ भित्र संग्रहित लघुकथाका पात्रहरुले समाजमा रहेका तिता,मिठा, टर्रा, गुलिया भावनाका चित्र उजागर गर्दै च्वास्स तिखो व्यंग्यका साथ सकारात्मक परिवर्तन उन्मुख समाजको परिकल्पना गर्न सक्षम र सबल रहेका छन् ।

यस्तो सुन्दर अमर दोस्रो संन्तान जन्माउन सफल हुनुभएकोमा आदरणीय लता के.सी. दिदीलाई हार्दिक बधाई साथै शुभकामना ।

हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...