Sunday 25th October 2026

निर्वाचन प्रयोजनको लागि बैशाख २७ गतेदेखि सिमानाका बन्द,


स्थानीय तहको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएको आयोगले जनाएको हो । त्यसै गरि मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन पनि चलाउन पाइने छैन । प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो । आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।

सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ ।

सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानका दिन दैनिक उपभोग्य वस्तु (दुध, तरकारी) बोक्ने र अत्यावश्यक सवारी साधन (एम्बुलेन्स, दमकल) भने चलाउन पाइने छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...