Saturday 26th September 2026

शंकास्पद यात्रा भन्दै ब्रिटिस कलेजका विद्यार्थीलाई अध्यागमनले रोक्यो


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइ फर्काइदिएको छ। उनीहरु मंगलबार बिहान दुबई जान अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्विकार गरेको हो ।

प्रस्थान अनुमति दिन अस्विकार गरेपछि ब्रिटिस कलेजका विद्यार्थीहरुले अध्यागमनका अधिकारीहरुसँग सवालजवाफ गर्ने प्रयास गरेका थिए । अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेकाले प्रस्थान अनुमति दिन नसकिने विद्यार्थीहरुलाई जवाफ दिएका थिए । ‘गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि ब्रिटिस कलेजका विद्यर्थीहरुलाई हामीले प्रस्थान अनुमति नदिएका हौं, अध्यागमनका एक अधिकारीले  भने । ’

–अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...