Tuesday 7th October 2025

शंकास्पद यात्रा भन्दै ब्रिटिस कलेजका विद्यार्थीलाई अध्यागमनले रोक्यो


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइ फर्काइदिएको छ। उनीहरु मंगलबार बिहान दुबई जान अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्विकार गरेको हो ।

प्रस्थान अनुमति दिन अस्विकार गरेपछि ब्रिटिस कलेजका विद्यार्थीहरुले अध्यागमनका अधिकारीहरुसँग सवालजवाफ गर्ने प्रयास गरेका थिए । अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेकाले प्रस्थान अनुमति दिन नसकिने विद्यार्थीहरुलाई जवाफ दिएका थिए । ‘गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि ब्रिटिस कलेजका विद्यर्थीहरुलाई हामीले प्रस्थान अनुमति नदिएका हौं, अध्यागमनका एक अधिकारीले  भने । ’

अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...