Sunday 25th October 2026

पल शाह प्रकरणमा ट्वीष्टः अदालतमा किशोरीले बयान फेरिन्


अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । यस सँगै अभिनेता शाहमाथिको बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर किशोरीले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । किशोरीका बाबु आमाको बकपत्र हुन भने बाँकी नै छ । यदि प्रहरी र अदालतमा दिएको बयान बाझिन गएमा अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने हुँदा यो मुद्दामा किशोरीका बाबु आमाको बयान पछि मुद्दाले कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी नै छ ।

विहेको प्रलोभनमा शाहले पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै पीडित किशोरी र उनको परिवारले तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...