Thursday 23rd April 2026

यूएईमा कार्यरत पत्रकार पाण्डेको रिहाइको पहल गर्न सरकारसँग महासंघको आग्रह


तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघले यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपालमा रहँदा समाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसकै आधारमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको भन्दै महासंघमा महासचिव रोसन पुरीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यूएईमा रहेर पाण्डेले उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्दै आएका थिए । पत्रकार पाण्डेलाई नेपालमा रहँदा पुस २३गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्न रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको महासचिव पुरीले बताएका छन् । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।

नेपालमा रहँदा लेखिएको स्टाटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र यूएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको भनाइ छ। घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईस्थित नेपाली दूतावासको महासंघले ध्यानाकर्षण गराएको कान्तिपुरले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

प्रतिकृयाहरू
...