Saturday 4th May 2024

आज सोनाम ल्होसार अर्थात तामाङ समुदायको नयाँ वर्ष, देशभर सार्वजनिक बिदा


तीतोपाटी – आज सोनाम ल्होसार अर्थात तामाङ समुदायको नयाँ वर्ष । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

नेपालमा मनाइने अधिकांश चाडपर्वहरू प्रकृतिपरक र एैतिहासिक भए जस्तै ल्होसार पनि प्रकृतिसँजै जोडिएको छ र ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट राखिएको छ । सोनाम ल्होसारका अबसरमा समुदायमा रहेका गुम्बाहरूमा सामुहिक रूपमा भेला जम्मा भएर पूजापाट, सांस्कृतिक र्याली, शुभकामना आदानप्रदान तथा बिभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेर मनाउने तामाङ जातीले विश्वव्यापी कोरोना महामारीका कारण हाल खुल्लमखुल्ला त्यस्ता कार्यक्रमहरू गर्न असम्भव भएपछि यस पटक स्वदेश तथा विदेशमा अनलाइन भर्चुअल माध्यमबाट शुभकामना बाँङ्दै मनाउँदैछन् ।

आदिवासी समुदाय अन्तर्गतको तामाङ जातीले मनाउने सोनाम ल्होसारको अबसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ भने सोनाम ल्होसारको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण तामाङ समुदायलाइ शुभकामना सन्देश दिदै सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको हुँदा यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनेका छन् ।

त्यसैगरि राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु” भनिएको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...