Monday 21st July 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग -५


व्यक्तिगत विवरण
नाम – शान्ता शाक्य
जन्ममिति – असार १७ गते
जन्मस्थान -टक्सार तानसेन पाल्पा
माता – मंगलकुमारी बज्राचार्य
पिता – रामबहादुर गुभाजु
हालको ठेगाना -धापाखेल २३ , ललितपुर
शिक्षा- बी.एड. , एम.ए.(नेपाली )
सेवा – अध्यापन /प्राध्यापन
– स्थायी मा.वि. शिक्षक – जनसेवा मा.वि. पांगा , ७ वर्षें सेवा-
– सहप्राध्यापक -पद्मकन्या बहुमुखी क्याम्पस , बागबजार काठमाडौं -३३ वर्षे दिवा सेवा
– आदर्श विद्या मन्दिर उच्च मा.वि., ल.पु.१५ वर्षे बिहानी सेवा
– सान्त्वना मेमोरियल एकेडमी काठमाडौं ,७ वर्षे बिहानी सेवा
– प्रकाशन
१. पहिलो कथा -दशैं कसको ? ‘अंकुर’ नेपाली मासिक पत्रिका , वर्ष- ९,अंक-१,२०४६
२. पुस्तक -‘समीक्षाको परिवृतमा नेपाली उपन्यास ‘( समालोचना संग्रह ),नेपाली वाङ्मय प्रतिष्ठान(२०७४)
३. कथा,निबन्ध ,प्रबन्ध ,कविता ,लेख ,समालोचना आदि विविध विधाका कृतिहरू विभिन्न साहित्यिक एवं अन्य पत्रपत्रिकाहरूमा ४ दर्जन जति प्रकाशित
४- कथा , लघुनाटक , एकाङ्की ,तथा विभिन्न विषयका तीन दर्जनभन्दा बढी लेखरचनाहरू रेडियो नेपालको महिला कार्यक्रमअन्तर्गत प्रसारित
५. नेपालभाषाका कथा , समालोचना , कविता तथा विविध विषयका लेखरचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित
संपादन –
१.आमाको स्मृतिमा (वि.सं.२०६८)
२. फक्रँदो कोपिला पत्रिका (वि.सं.२०६५- ०६६)
३. चिनारी स्मारिका , तानसेन गुठी काठमाडौं वार्षिक प्रकाशन ( वि.सं.२०६८- २०७३)
संलग्नता –
१. प्रथम महिला अध्यक्ष , तानसेन गुठी काठमाडौं (वि . सं .२०७३-२०७५)
२.उपाध्यक्ष- महिला वातावरण समूह काठमाडौं (वि.सं.२०४४-२०४५
३.सदस्य -तानसेन गुठी काठमाडौं(वि.सं.२०५७)
४.सदस्य- सद्धर्म बौद्ध सेवा समाज ,पाल्पा -काठमाडौं ( वि.सं.२०७३)
५.सल्लाहकार -जुनेली साहित्य समाज,नेपाल(वि.सं.२०७८)
६.सल्लाहकार -षड्ऋतु काव्य समाज , नेपाल (वि.सं.२०७८)
सल्लाहकार – गद्य साहित्य चौतारी , नेपाल ( वि.सं.२०७८)
आजीवन सदस्य -तानसेन गुठी , काठमाडौं वि.सं.२०६७)
आजीवन सदस्य -शाक्यमुनि बौद्ध संघ, भोजपुर ( वि.सं.२०६८)
आजीवन सदस्य – जे.पी.प्रतिष्ठान ( मैत्री सेवाश्रम ) वि.सं. २०७७
कार्यसमिति सदस्य – नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान ,अस्ट्रेलिया ( वि.सं.२० ७५- ०७७)
सम्मान तथा पदक –
पदक-
१.शिक्षा दिवस पदक , शिक्षा तथा खेलकूद मंत्रालय ( वि. सं. २०६४)
२.दीर्घ सेवा पदक -, त्रि.वि.वि.(२०६७)
सम्मान-
१.आँखादान सम्मानपत्र , तिलगंगा आँखा केन्द्र (वि.सं.२०५७)
२. प्रशंसापत्र -सान्त्वना मेमोरियल एकेडेमी ( वि.सं.२०६५ )
३. सम्मानपत्र -पद्मकन्या बहुमुखी क्याम्पस (वि.सं.२०६७)
४. सम्मानपत्र -पद्मकन्या बहुमुखी क्याम्पस , नेपाली विभाग (वि.सं.२०७५)
५. सम्मानपत्र -पद्मकन्या बहुमुखी क्याम्पस ( वि.सं.२०७५)
भ्रमण –
भारत , ऑस्ट्रेलिया , सिंगापुर आदि

लेख – महिला सहभागिता
कुनै पनि घर , समाज र देश संचालन गर्न महिला र पुरूषको समान सहभागिताको खाँचो पर्दछ भन्ने कुरालाई कसैले नकार्न सक्दैन ।महिलाको भूमिका घरभित्र र पुरूषको घरबाहिर भन्ने सोंच अब सर्वमान्य हुन सक्दैन ।हिन्दु धर्मशास्त्रले महिलालाई एक दासीका रूपमा प्रस्तुत गरेपनि अहिले त्यो स्वीकार्य र मान्य छैन ।समय,परिस्थिति , शिक्षा, सोंच , सचेतता , व्यवहार , अनुभव आदि जस्ता कुराले नारीलाई हरक्षेत्रको मैदानमा उत्रन उत्प्रेरित गराइएको छ , जागरूक बनाएको छ अनि सचेतक पनि ।उचित वातावरण पाएको खण्डमा महिला पुरूषसरह फुल्न र फक्रिन सक्छे ।कामकै कुरा गर्ने हो भने पुरूषको तुलनामा महिलाले तीन गुणा बढी काम गर्ने हुन्छ तर त्यो सेवामूलक हुन्छ। कामको तुलनामा त्यसको मूल्याङ्कन र अधिकार भने कम नै हुन्छ ।
हाम्रो सामाजिक परिप्रेक्षलाई अवलोकन गर्ने हो भने सृष्टिको आधा हिस्सा मानिए तापनि नीतिनियम , सामाजिक संस्कार , मूल्यमान्यता जस्ता कुराहरूले गर्दा महिला सदियौंदेखि शोषित र पीड़ित नै थिए र छन् पनि तर अब महिला हरेक क्षेत्रमा सजग , जागरूक र सचेत हुँदै आइरहेका छन् र मौका पाउनेले आफ्ना सीप र क्षमता देखाउँदै आइरहेका पनि छन् । अहिलेको परिप्रेक्षमा नेपाली महिलाहरूमा पहिलेको तुलनामा धेरै नै लैंगिक चेतना जाग्दै आइरहेको देखिन्छ । हुनपनि समतामूलक समाज स्थापना गर्न लैंगिक असंतुलन,अन्याय,अत्याचार,शोषण,दमन जस्ता बाधक तत्त्वहरूको उन्मूलन गर्नु अत्यन्त आवश्यक देखिन्छ ।सर्वप्रथम घरपरिवारबाट नै यस्ता कुराबाट महिलाले मुक्ति पाउनुपर्छ तब उसमा समाज र देशविकासमा खरो भएर उत्रन उत्प्रेरित गर्दछ ।समाज र देश हाँक्ने भनेको महिला र पुरूषको सहभागिता र सहकार्यबाट मात्र संभव हुनसक्छ र पुरूषले मात्र प्रयास गर्नु वा महिलाले मात्र त्यो अपूरो र लङ्गडो साबित हुनसक्छ अत: कुनै पनि कुरामा महिला र पुरूषको समान सहभागिताको खाँचो पर्दछ ।
सर्वप्रथम महिलालाई कुनैपनि क्षेत्रमा सक्रिय रूपमा सहभागी हुने अवसर प्रदान गरिनुपर्दछ साथै महिलाले गर्न सक्दैन भन्ने मानसिकता पनि हटिनुपर्दछ ।महिलाका लागि बनाइने योजना , नीतिनियम र कार्यक्रमहरू महिलाबाटै बनाइएमा उपयुक्त हुन आउँछ जसबाट ऊ कुनै पनि क्षेत्रमा उत्रिन सकोस् ।यस्ता कुराहरू सहरी क्षेत्रका महिलाहरूमा मात्र सीमित नगरी पीड़ित र पिछडिएका ग्रामीण महिलाहरूमा केन्द्रित कार्यक्रम र नीति बनाइनु पर्दछ ।यी कुराहरू ख़ाली नीति र योजनामा मात्र सीमित नराखी कार्यान्वयन पक्षमा पनि जोड दिनुपर्दछ। विश्वमा हरेक साल नारी दिवस अनेक कार्यक्रमसहित मनाइने गरिन्छ । उक्त दिवसले नारीलाई हरेक क्षेत्रमा सहभागी हुन र चिनाउन , आफ्नो दक्षता प्रदर्शन गर्न , हकअधिकार चिन्न र चिनाउन , समानुपातिक रूपमा देशविकासमा अग्रसर र सहभागी हुन आह्वान गरी सचेष्ट हुनुपर्ने सन्देश दिनेगर्छ ।वास्तवमा महिलाको उत्थान र सहभागिताका लागि राज्य र सामाजिक नीतिनिर्माणको तहसम्म महिलालाई पनि पु-याउनुपर्ने आवश्यकता देखिन्छ र पु-याउनु पनि पर्दछ तब महिलाको हकअधिकार सुनिश्चित हुनसक्छ ।
वास्तवमा राज्यको पुनसंरचनामा महिलालाई सक्रिय सहभागी बनाउनुका साथै आर्थिक अधिकार पनि दिन सक्नुपर्दछ र स्वयं महिलाले पनि आफूलाई शैक्षिक गहनाले सिंगार्दै र तिखार्दै महिला। हकअधिकार विरोधी कानुनलाई निर्मूल गर्दै आफ्नो अधिकारलाई सुनिश्चित गरी अगाडि बढ्नुपर्दछ र राज्यले पनि महिलालाई सबै क्षेत्रमा बढीभन्दा बढी सहभागी बन्नसक्ने वातावरण सिर्जना गरिदिनुपर्दछ तब मात्र राज्यको पुनसंरचनामा महिलाको समानुपातिक सहभागिता सुनिश्चित हुनसक्छ नत्र भने यो नारामा मात्र सीमित हुनजानेछ भन्ने कुरामा कसैको दुईमत नहोला !


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

प्रतिकृयाहरू
...