Thursday 9th October 2025

नेपालको रक्तसञ्चार सेवालाई गुणस्तरीय बनाउन एनआरएनएले काम गरिरहेको छ : गौरीराज जोशी


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना अघि बढाइरहेको छ। संघले ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत् पहिलो घुम्ती रगत बस यसअघि भरतपुर महानगरपालिकामार्फत् चितव रेडक्रलाई हस्तान्तरण गरिसकेको छ।

यस्तै दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण गर्न लागिएको संघले जनाएको छ।

Open photo‘मोबाइल ब्लड बस’ परियोजनाका संयोजक समेत रहेका संघका सचिव गौरीराज जोशीले बस हस्तान्तरणको लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। १७ जनवरीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गर्न लागिएको उनले बताए।

जोशीका अनुसार आधुनिक प्रविधिसहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।
‘नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि हामीले यो परियोजना सञ्चालन गरेका हौँ,’ जोशीले भने, ‘नेपालका ब्लड बैंकहरुको गुणस्तर अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो।’

धनगढी सुदूरपश्चिम प्रदेशको मेडिकल हबको रुपमा विकसित हुँदै गएको तर, यहाँका अस्पतालहरुले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेको उनको भनाइ छ । ‘गुणस्तरी रगत प्रदान गर्न समय–समयमा धेरै समस्या सामना गर्नु परिरहेकोले दोस्रो परियोजना धनगढीमै सुरु गर्न लागेका हौँ,’ जोशीले भने ।

यस्तै जोशीले चितवनको प्रतिकूल मौसमले गर्मी, जाडो र वर्षायाममा रगत संकलनमा चुनौती थपेको स्मरण गर्दै यो परियोजनाले प्रतिकूल मौसममा समेत रगत संकलन तथा भन्डारण सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन सहयोग गरेको बताए।

यसैगरी यो परियोजनाले कोभिड–१९ महामारीको समयमा पनि रक्तदातालाई सुरक्षा प्रदान गर्ने उनको भनाइ छ।

संयोजक जोशीले विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको बताए । ‘विश्वभरका गैरआवासीय नेपाली र विदेशमा रहेका नेपाली संघ–संस्थाको साथ र सहयोगप्रति हामी आभारी छौं,’ मोबाइल ब्लड बस परियोजनमा जोडिएका सहयोगी मनहरुलाई धन्यावाद दिँदै जोशी भन्छन्, ‘नेपालमा सुधार गर्नुपर्ने समस्या त धेरै नै छन्। परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गत चलाइएको यो परियोजनाले देशको रक्तसञ्चार प्रणाली सुधारमा टेवा पुर्याएको छ।’

नेपालको रक्तसञ्चार प्रणालीको विकासलगायत अन्य मानवीय सायता परियोजनामा एनआरएनएले धेरै स्थानीय सरोकारवालासँग समन्वय गरिरहेका जोशी बताउँछन्। नेपालमा यस्ता किसिमका मानवीय सेवाका परियोजना पूरा गर्न आर्थिक सहयोगको आवश्यकता पर्ने बताउँदै जोशी भन्छन्, ‘यो परियोजनाले ‘नेपालीका लागि नेपाली’भन्ने हाम्रो मूल नारा वास्तवमै कार्यान्वयन भएको देखिन्छ।’
संयोजक जोशीले बस हस्तान्तरण समारोहमा नेपालमा रहेका सबै एनआरएनएका अभियान्तालाई सहभागी हुन अनुरोध समेत गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा…

प्रतिकृयाहरू
...