Monday 27th October 2025

विदेश जानेहरूलाई चार अस्पतालबाट जोन्सनको खोप दिइँदै


तीतोपाटी, काठमाडाैं – वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीहरूले काठमाडौंका चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाउने भएका छन ।

विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विशेष पहल र आग्रहमा जोन्सन एण्ड जोन्सन कम्पनीको खोपको ब्यबस्था गरिएको मन्त्रालयले जनाएको छ । यो खोप एक डोजमात्र लगाउँदा हुने भएकोले र अधिकांश देशहरूमा यो खोपलाई मान्यता दिइएकाले विदेश जानेहरूले यो खोप लगाउने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...