Monday 12th January 2026

प्रवासबाट गायक शिवाकोटी द्वारा ‘प्यारी छोरी’ बोलको गित सार्वजनिक(भिडियो सहित)


तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् ।

छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका बताए ।

हरेक बाबुआमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ । तर धेरैजसो हाम्रो नेपाली समाजको सोचार्इमा भने छोरी भन्दा छोरा नै भइदिए हुन्थ्यो भन्ने गलत सोचार्इले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलितपनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन् आँखाको नानी हुन् भनेर छर्लङ्ग पारिदिएका छन् ।

यशु थापाको शब्द र निरज श्रेष्ठको संगीत रहेको यो गीतले सम्पूर्ण दर्शक स्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैको मन जितिसकेका शिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउँदा मख्ख र खुसी देखिन्छन् ।

गायक शिवाकोटी भन्छन्, ‘ यो समाजले छोरालाई काखा र छोरीलाई पाखा गरेर हेर्ने दृष्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पूर्ण छोरीहरुको लागि यो गीत पस्कन पाउँदा अत्यन्तै गौरव र भाग्याशाली ठानेको छु ।

युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युट्युब च्यानलबाट गीत रिलिज गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...