Saturday 22nd August 2026

कुवेतमा उच्च रक्तचापका कारण संचारकर्मी शाहीको मृत्यु


तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए।

मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।

कुवेतमा रहेर परोपकारी पत्रकारिता समेत गर्दै आएका शाही पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका उनी सामाजिक क्रियाक्लापहरुमा पनी निकै सक्रिय रहदै आएका थिए। निकै मिलनसार स्वभावका रहेका उनको निधनले कुवेतको नेपाली समुदाय स्तब्ध भएको छ।

कुवेतको प्रख्यात कम्पनीमा म्यानेजरको रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शाहीको शवलाई स्थानीय एक अस्पतालको शवगृहमा राखीएको छ शव नेपाल पठाउन आवश्यक पहल भइरहेको र कम्पनीले आवश्यक कागजात तयार पारी छिट्टै शवलाई नेपाल पठाउने दूतावासले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...