Friday 20th March 2026

कुवेतबाट धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि आर्थिक सहयोग


तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

भक्तपुर घर भई कुवेतमा कार्यरत एनआरएनए एनसीसी कुवेतका यूवा संयोजक तथा सामाजिक काममा सकृय नवराज पराजुलीको पहलमा कुवेतमा कार्यरत बिभिन्न ब्यक्तिहरुबाट उक्त रकम संकलन गरिएको थियो।संकलित रकमबाट चितवनमा निर्माणाधिन गौतम बुद्द अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ धुर्मुस-सुन्तली फाउन्डेशनलाई १ लाख ११ हजार ४ सय १४ नेपाली रुपैया र नेपाल अपांग आश्रमका लागि आश्रममै गएर आरती थापा मार्फत २५ हजार नेपाली रुपैया हस्तान्तरण गरिको हो।

सहयोग हतान्तरण पछी धुर्मुस-सुन्तली फाउन्डेशनका सिताराम कट्टेल(धुर्मुस)ले कुवेतबाट सहयोगका लागि हातेमालो गर्ने सबै सहयोग दाताहरु प्रति कृतज्ञता ब्यक्त गरे।उनले संसार भरका नेपालीहरुलाई यो राष्ट्रिय अभियानमा साथ-सहयोग गर्न अपिल पनि गरे।

त्यस्तै म्याग्दे गाउपालिका-७, तनहुँमा घर भई नेपाल अपांग आश्रम देबीनगर बुटवलको स्थापना गर्न पुगेका कालेब रम्दमले दसैंको बेला शारीरिक रुपले कमजोरहरुलाई सहयोग गर्ने सहयोगी हातहरु सबै प्रति आभार ब्यक्त गरे।आँफैले २ हात गुमाएका रम्दमले भने ‘म जस्तै शरीरिक रुपले कमजोर रहेका(अपांग)हरु ३० जना छन अहिले यो आश्रममा। सबैको बेग्लै खालका समस्याहरु छन।तपाइहरु जस्ताले सहयोग गरे मात्र उनीहरुले खाना पाउछन।यदी संसारभरबाट सहयोग गर्न चाहने कोही भएमा संपर्क नं-९८४६०८५४४८ मा संपर्क गर्न सक्नुहुनेछ।’

 अपांग आश्रममा सहयोग हस्तान्तरणको भिडियो

धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग हस्तान्तरणको भिडियो

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...