Saturday 2nd August 2025

कुवेतमा आगामी आइतवारदेखी पीसीआर परीक्षणको शुल्क १४ केडी


तितोपाटी- कुवेत सरकारले पीसीआर परीक्षणको शुल्क आगामी आइतवार देखी देशका सबै अस्पतालमा घटाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क १७ केडी सम्म लिने गरेको थियो १७ केडीबाट अहिले घटाएर अधिकतम १४ कुवेती डिनर यही देखी कायम हुने सिविल चिकित्सा सेवा मामिलाका लागि स्वास्थ्य मन्त्रालयका सहायक उपसचिव डा फातिमा अल-नज्जरले जानकारी दिएकी छिन।

उपसचिव डा. फातिमा अल-नज्जरले भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम १४ केडी बढी शुल्क लिन नपाउने निर्णय गरिएको कुवेत स्वास्थ्यमन्त्रालयलाई उद्धत गर्दै, अलराय दैनिकले जनाएको छ।

हालसम्म कुवेतमा ४१ लाख २३ हजार ६ सय ६ जनाको पीसीआर गरिएको छ। संक्रमितको कुल संख्या, ४ लाख ११ हजार ३सय ५८ जना, उपचार पछी घर फर्किनेको संख्या ४ लाख ८ हजार २सय २४ जना छन भने, २ हजार ४ सय ४३ जनाको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...