Wednesday 29th July 2026

स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा


तीतोपाटी – स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा निस्किएका छन् । स्पेस एक्सको इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार राति रकेटमार्फत पठाइएको हो । यस संगै प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो ।

स्थानीय समय अनुसार बुधबार राति ८ बजे स्पेस एक्सको रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । स्पेस एक्सको यान मार्फत अन्तरिक्ष यात्रामा गए पनि यसको खर्च भने ३८ वर्षिय अर्बपति जेरेड इज्याकम्यानले लगानी गरेका हुन् । यो मिसन पर्यटनका हिसाबले अन्तरिक्षमा उडान गरिएको स्पेस एक्सले जनाएको छ ।

ज्यारेड आइज्याकम्यानको खर्चमा शुरू भएको अन्तरिक्ष पर्यटनको यो मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की सामेल छन् ।

अर्सेनियूस हेलेले बाल अवस्थामा क्यान्सरलाई जितेकी हुन् । उनी हाल सेन्ट ज्युड अस्पतालमा फिजिसियनका रूपमा कार्यरत छिन् । उनी इजाकम्यानको अनुरोधमा यो यात्रामा सहभागी भएकी हुन् ।

दोस्रो यात्री ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र विज्ञान सञ्चारविज्ञ हुन्। उनी एक सामुदायिक क्याम्पसमा पनि पढाउँछिन् । प्रोक्टरले सामाजिक सञ्जालमार्फत अन्तरिक्ष यात्राका लागि अवसर पाएकी हुन् ।

तेस्रो यात्री क्रिश सम्ब्रोस्की ४२ वर्षका अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी हुन्। उनी एरोस्पेस कम्पनी लकहेड मार्टिनमा काम गर्छन्।

अन्तरिक्ष पर्यटनयात्रीले अन्तरिक्षमा ३ दिन बिताउनेछन् । स्पेस एक्सको ड्रागन क्याप्सुलमा रहेका उनीहरु पृथ्वीदेखि ५६३ किलोमिटरको उचाइमा पुग्ने छन् । यो उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा एक सय किलोमिटर माथि हो ।

यो तीन दिनको यात्राका क्रममा उनीहरुले हरेक ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउँछन् । शनिबार उनीहरु पृथ्वीमा फर्कनेछन् । फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण हुने सीएनएनले जनाएको छ ।

यो यात्रा अन्तरिक्ष पर्यटनका लागि विश्वका लागि नयाँ अभ्यास भएको बताइएको छ । यो मिसनको मूल्य करिब २०० मिलियन डलर खर्च हुने बताइएको छ । स्पेस एक्सको क्रियू ड्रागन क्याप्सुलको एक सिटको मूल्य ५५ मिलियन डलर लाग्छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...