Friday 3rd May 2024

स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा


तीतोपाटी – स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा निस्किएका छन् । स्पेस एक्सको इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार राति रकेटमार्फत पठाइएको हो । यस संगै प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो ।

स्थानीय समय अनुसार बुधबार राति ८ बजे स्पेस एक्सको रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । स्पेस एक्सको यान मार्फत अन्तरिक्ष यात्रामा गए पनि यसको खर्च भने ३८ वर्षिय अर्बपति जेरेड इज्याकम्यानले लगानी गरेका हुन् । यो मिसन पर्यटनका हिसाबले अन्तरिक्षमा उडान गरिएको स्पेस एक्सले जनाएको छ ।

ज्यारेड आइज्याकम्यानको खर्चमा शुरू भएको अन्तरिक्ष पर्यटनको यो मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की सामेल छन् ।

अर्सेनियूस हेलेले बाल अवस्थामा क्यान्सरलाई जितेकी हुन् । उनी हाल सेन्ट ज्युड अस्पतालमा फिजिसियनका रूपमा कार्यरत छिन् । उनी इजाकम्यानको अनुरोधमा यो यात्रामा सहभागी भएकी हुन् ।

दोस्रो यात्री ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र विज्ञान सञ्चारविज्ञ हुन्। उनी एक सामुदायिक क्याम्पसमा पनि पढाउँछिन् । प्रोक्टरले सामाजिक सञ्जालमार्फत अन्तरिक्ष यात्राका लागि अवसर पाएकी हुन् ।

तेस्रो यात्री क्रिश सम्ब्रोस्की ४२ वर्षका अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी हुन्। उनी एरोस्पेस कम्पनी लकहेड मार्टिनमा काम गर्छन्।

अन्तरिक्ष पर्यटनयात्रीले अन्तरिक्षमा ३ दिन बिताउनेछन् । स्पेस एक्सको ड्रागन क्याप्सुलमा रहेका उनीहरु पृथ्वीदेखि ५६३ किलोमिटरको उचाइमा पुग्ने छन् । यो उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा एक सय किलोमिटर माथि हो ।

यो तीन दिनको यात्राका क्रममा उनीहरुले हरेक ९० मिनेटमा पृथ्वीको एक फन्को लगाउँछन् । शनिबार उनीहरु पृथ्वीमा फर्कनेछन् । फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण हुने सीएनएनले जनाएको छ ।

यो यात्रा अन्तरिक्ष पर्यटनका लागि विश्वका लागि नयाँ अभ्यास भएको बताइएको छ । यो मिसनको मूल्य करिब २०० मिलियन डलर खर्च हुने बताइएको छ । स्पेस एक्सको क्रियू ड्रागन क्याप्सुलको एक सिटको मूल्य ५५ मिलियन डलर लाग्छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...