Tuesday 14th April 2026

एमसीसी सम्बन्धी एउटा लुकेको सुनौलो रहस्य


डा. अम्बरिश पोख्रेल- सन् दुई हजार सोरह (2016) मा अर्थात् नेपालले एमसीसी मा हस्ताक्षर गर्नु अगाडि, नेपालका सरकारी विभिन्न सम्बन्धित निकायमा अमेरिकन सहयोग लिने वा नलिने अर्थात् सो सहयोग चाहिने वा नचाहिने भनेर छलफल गरिएको थियो ।

जस्तै एमसीसीले आफूलाई चाहिने करिब एक डेढ सय किलोमिटर, नेपालको विद्यमान बनी बनाऊ पिच रोडको मर्मत सम्भार गर्नको लागि अमेरिकाले सहयोग गर्न तयार छ । त्यो सहयोग चाहिने वा नचाहिने भनेर यातायात मन्त्रालय अन्तर्गतका मुख्य मुख्य कर्मचारीको मीटिंग राखिएको थियो । अर्थात् सडक विभाग भनेर भन्नुहोस ।

उक्त मिटिङले रोड मर्मत सम्भारको लागि अमेरिकन सहयोगलाई स्पष्ट रूपमा अस्वीकार गरेको थियो ।

सोही मीटिंगमा उपस्थित अमेरिकन महिला प्रतिनिधिले अमेरिका जस्तो शक्तिशाली देशको सहयोग चाहिँदैन भनेर भन्नु, गलत हो भन्दै धम्कीको स्वरमा आफ्नो प्रतिक्रिया व्यक्त गरे पनि, उक्त मिटिङले आफ्नो स्वविवेक प्रयोग गर्दै अस्वीकार प्रस्ताव पास गरेको थियो ।

यस्तै गरेर, नेपालबाट भारत तर्फ विद्युत प्रसारण लाइन निर्माण कार्यको लागी भनेर पनि, विद्युत प्राधिकरणका ठूला ठूला हाकिमहरु अर्थात् कुल मान घिसिङहरु पनि राखेर मीटिंग त अवश्य भएको थियो होला, होइन र ?

उक्त मिटिङले अमेरिकन सहयोग चाहिने वा न चाहिने के निर्यण गरेको थियो होला ? तर अहिले सम्म लुकाइएको छ । कुलमान घिसिङले के बोलेका थिए होला, त्यो मीटिंग मा ? किन उनी अनौपचारिक रूपमा पनि मौन रहेको देखिन्छ यो मामलामा ? चाहिएको समय र ठाउँमा आफ्नो धारणा व्यक्त गरिसकेको हुनाले, अहिले बोल्नुको कुनै अर्थ नरहेको विश्वास, उनलाई लागेको हुन सक्छ भन्ने मेरो अनुमान छ ।

यसरी एमसीसी अन्तर्गतको प्रोजेक्ट नेपाल सरकार आफूले, स्वयम् प्रस्ताव गरेको प्रोजेक्ट नभई, प्रस्ताव पेश गर्न लगाइएको प्रोजेक्ट हो भन्ने पनि स्पष्ट हुन् आउँछ । दुनियाँलाई देखाउने प्रक्रिया अन्तर्गत, एउटा अध्ययन समिति, नेपाल सरकारले गठन गरेको थियो, त्यसको कुनै तुक छैन ।

संसदबाट जाबो एमसीसी पास गर्ने दुःख गरिरहनु भन्दा, “सिंगो नेपाललाई अमेरिकन प्रशासनिक एकाइ हो अर्थात् अमेरिकाकाे ५१औ स्टेट हो” भनेर पास गरौं ।

अनि नेपाल स्टेट पनि केही दशक मै अलास्का जस्तो समृद्ध हुने नै छ । कुल्ली, दर्वान, लाहुरे तथा विश्वको तीन नम्बरको मगन्ते देश नेपाल पनि, विश्वको महा शक्तिशाली राष्ट्रको समृद्ध नागरिक ! क्या गज्जब हुने थियो यार।

नेपाललाई अमेरिकन प्रशासनिक एकाइ घोषणा गर । समृद्धिको दिशामा अघि बढ ।
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...